काठमाडौं । शेयर बजार शुक्रबार सामान्य अंकले घटेको छ। यो दिन नेप्से परिसूचक ४ अंकले घटेर २७२४.०३ को विन्दुमा बन्द भएको हो।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ४ वटा समूह बढेका छन् भने ९ वटा घटेका छन्। यो दिन म्युचुअल फन्ड समूह सर्वाधिक ०.३८ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक ०.४९ प्रतिशतको गिरावट देखिएको छ।
यो दिन बजारमा ९२ कम्पनीको शेयरभाउ बढेको छ भने १६७ कम्पनीको घटेको छ। आज १२ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ४ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार सेन्ट्रल फाइनान्सको छ।
उच्च कारोबार भएका १० कम्पनी
- सेन्ट्रल फाइनान्सः २५ करोड ५३ लाख रुपैयाँ
- सिटी होटलः २४ करोड ८६ लाख रुपैयाँ
- आँखुखोला जलविद्युतः २२ करोड ६३ लाख रुपैयाँ
- हिमाल दोलखा हाइड्रोपावरः १३ करोड ५६ लाख रुपैयाँ
- रिलायन्स स्पिनिङ मिल्सः १२ करोड ९० लाख रुपैयाँ
- सिजिटजन्स बैंक डिबेन्चरः १२ करोड १ लाख रुपैयाँ
- एसबीएल डिबेन्चरः ११ करोड ५६ लाख रुपैयाँ
- अपर हेवाखोला जलविद्युतः ८ करोड २८ लाख रुपैयाँ
- पिपुल्स हाइड्रोपावरः ७ करोड ८१ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः ७ करोड ६२ लाख रुपैयाँ












