काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले बढेको छ। यो दिन नेप्से परिसूचक १९.७० अंकले बढेर २८५१.०९ को विन्दुमा बन्द भएको हो।
बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने २ वटा समूह घटेका छन्। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.९४ प्रतिशतले बढ्दा अन्य समूहमा सर्वाधिक ०.५५ प्रतिशतको गिरावट देखिएको छ।
आज बजारमा १९५ कम्पनीको शेयरभाउ बढेको छ भने ६३ कम्पनीको घटेको छ। यो दिन ९ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ११ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार रिडी पावरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- रिडी पावरः ४८ करोड ४८ लाख रुपैयाँ
- अपी पावरः ४० करोड ३८ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३७ करोड ८७ लाख रुपैयाँ
- एसवाई प्यानलः ३७ करोड ४६ लाख रुपैयाँ
- कुमारी बैंकः ३५ करोड ९० लाख रुपैयाँ
- शिवम सिमेन्टः ३५ करोड ११ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ३४ करोड ४४ लाख रुपैयाँ
- नेसनल हाइड्रोपावरः ३१ करोड ७५ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः ३० करोड १३ लाख रुपैयाँ
- हिमालय ऊर्जाः २६ करोड ९९ लाख रुपैयाँ












