IME Life New

हरियाली छाएको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ३१.१२ अंकले बढेर २६७२.५५ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन वित्त समूह सर्वाधिक ५.७३ प्रतिशतले उकालो लागेको छ।
आज बजारमा २२४ कम्पनीको शेयरभाउ बढेको छ भने ३१ कम्पनीको घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

Esewa
Crest

यो दिन बजारमा ८ अर्ब ४० करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार मञ्जुश्री फाइनान्सको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • मञ्जुश्री फाइनान्सः ५३ करोड १६ लाख रुपैयाँ
  • एसवाई प्यानलः ३७ करोड ३९ लाख रुपैयाँ
  • श्रीनगर एग्रीटेकः २८ करोड ४५ लाख रुपैयाँ
  • बन्दीपुर केबलकारः २५ करोड ८३ लाख रुपैयाँ
  • राधी विद्युतः २४ करोड ९४ लाख रुपैयाँ
  • सागर डिस्टिलरीः २४ करोड ६९ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १७ करोड ४३ लाख रुपैयाँ
  • लुम्बिनी विकास बैंकः १६ करोड ८६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १५ करोड ९४ लाख रुपैयाँ
  • बुटवल पावरः १५ करोड ६७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS