IME Life New

यसकारण बीमा व्यवसायको विवरण सार्वजनिक गर्न ढिलाइ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले गत आर्थिक वर्ष २०८१।८२ को अन्तिम महिना असारको बीमा व्यवसायको विवरण सार्वजनिक गर्न ढिलाइ गरेको छ।

प्राधिकरणले हरेक महिना सकिएको १०-११ दिनमै बीमा व्यवसायको विवरण सार्वजनिक गर्दै आएको थियो। तर, साउन १६ गते भइसक्दा पनि प्राधिकरणले असार महिनाको बीमा व्यवसायको तथ्यांक सार्वजनिक गर्न सकेको छैन।

Esewa
Crest

प्राधिकरणले अघिल्लो आर्थिक वर्ष २०८०।८१ को असार महिनाको बीमा व्यवसायको तथ्यांक ढिलागरी सार्वजनिक गरेको थियो।

बीमकले पठाएका विवरण तथा अनलाइन र रियल टाइम मनिटरिङका लागि सञ्चालनमा ल्याइएको इन्स्योरेन्स रेगुलेटरी इन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (आईआरएफएमएस)को तथ्यांक मेल नखाएपछि असारको बीमा व्यवसायको तथ्यांक सार्वजनिक गर्न ढिलाइ भएको प्राधिकरण स्रोत बताउँछ। ‘आर्थिक वर्षको अन्तिम महिनामा अलि चाप हुन्छ। त्यही भएर बीमकले पठाएका विवरण र आईआरएफएमएसको तथ्यांकमा फरक परेको ढिलाइ भएको हो’, स्रोतले भन्यो।

केही बीमकले साउन लागिसक्दा पनि पुरानै मितिमा बीमालेख जारी गरेको भन्ने पनि सुनिएको स्रोत बतायो। स्रोतले भने, ‘त्यस्ता बीमकलाई स्पष्टीकरण सोध्ने तयारी भइरहेको छ।’

यसरी आईआरएफएमएस प्रणाली सञ्चालन ल्याए पनि बीमा व्यवसायको तथ्यांक सार्वजनिक गर्न ढिलाइ हुनु बीमक र नियामक दुवैको कमजोरी देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS