IME Life New

बीमालाई भरपर्दो र सबैका लागि शुलभ बनाउन अझै धेरै काम गर्न बाँकी छः सुशीलदेव सुवेदी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमालाई भरपर्दो र सहज तथा सबैका लागि शुलभ बनाउने दिशामा अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन्।

बीमा प्राधिकरणको ५७ औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा कार्यकारी निर्देशक सुवेदीले यस्तो धारणा राखेका हुन्। ‘बीमालाई भरपर्दो र शुलभ बनाउनुपर्छ। ता कि बीमा हाम्रो जीवन अभिन्न अंग बन्न सकोस्’, उनले भने, ‘बीमा आर्थिक रुपको एउटा आधारभूत माध्यम हो। जसले आकास्मिक जोखिमबाट व्यक्ति जीवन, सम्पत्ति तथा व्यवसायलाई सुरक्षित रुपमा राख्न सहयोग पुर्याउँछ।’

Esewa
Crest

कार्यकारी निर्देशक सुवेदीले पछिल्लो समय सार्वजनिक वित्त, वैदेशिक व्यापार तथा आर्थिक वृद्धिसम्बन्धी उपलब्ध तथ्यांकहरुले समग्र आर्थिक गतिविधिहरुमा सुधारको संकेत गरिरहेको बीमा क्षेत्रलाई अझ व्यापक बनाउँदै समावेशी वित्त प्रणालीको विकासमा टेवा पुर्याउने बेला आएको बताए। ‘त्यसका लागि बीमा प्राधिकरण दत्तचित्त छ’, उनले भने।

बीमा क्षेत्रको विश्वसनीयता अझै सशक्त रुपमा स्थापित हुन बाँकी नै उल्लेख गर्दै सुवेदीले बीमाको पहुँच देशका दुग्रम र पिछडिएको क्षेत्रहरुमा पुर्याउन हामी सबैले थप सक्रियता देखाउनुपर्ने आवश्यकता औँल्याए। ‘यसका लागि बीमा क्षेत्रसँग सम्बन्धित सबै सरोकारवाला पक्षले आपसी सहकार्य गर्दै जनचेतनामूलक कार्यक्रमहरुलाई व्यापक रुपमा सञ्चालन गर्नुपर्ने आवश्यक टड्कारो रुपमा देखिएको छ’, उनले भने।

सुवेदीले भूकम्प, आगलागी, बाढीपहिरो, जलवायु परिवर्तनजस्ता प्राकृतिक प्रकोपहरु र अन्य अनिश्चित घटनाहरुबाट उत्पन्न हुने बहुआयामिक जोखिमहरु व्यवस्थापन गर्ने सबैभन्दा प्रभावकारी माध्यम नै बीमा रहेको बताए। ‘त्यसैले मानव जीवन, घर, सम्पत्ति र पुँजीजन्य स्रोतहरुमा विद्यमान जोखिमलाई बीमा कम्पनीहरुमा हस्तान्तरण गरी आर्थिक सुरक्षाको प्रत्याभूति गर्नु वर्तमान समयको अपरिहार्य आवश्यक रहेको देखिन्छ’, उनले भने।

प्रचारप्रसारका माध्यमहरुलाई प्रभावकारी रुपमा परिचालन गर्दै बीमाको महत्व, लाभ र सेवा प्रक्रियाबारे आमनागरिकमा जानकारी पुर्याउन अत्यावश्यक पनि सुवेदीले बताए। बीमा क्षेत्र राष्ट्रिय अर्थतन्त्रको संवाहकका रुपमा रहँदै पुँजी परिचालन, जोखिम व्यवस्थापन र दीर्घकालीन वित्तीय स्थायित्व कायम गर्न योगदान गरिरहेको उनको भनाइ थियो।

प्राधिकरणले बीमा क्षेत्रलाई सुरक्षित, विश्वसनीय, भरपर्दो र दिगो बनाउने उद्देश्यले समयानुकूल निर्देशन, परिपत्र, सूचना र मार्गदर्शन आदि जारी गर्दै आएको सुवेदीले जानकारी दिए। ‘ मुलुकको भौगोलिक विविधता र नागरिकको आवश्यकलाई मध्यनजर गर्दै नवीनतम बीमालेख ल्याउन र डिजिटल माध्यमबाट छिटोछरितो सेवा प्रवाह गर्न प्राधिकरणले बीमा कम्पनीहरुलाई निर्देशन दिनुका साथै प्राधिकरणले सहजीकरण गर्दै आएको छ’, उनले भने।

बीमाको दायरा बढाउन प्राधिकरणको केन्द्रीय र प्रादेशिक कार्यालयले स्थानीय तहसँग समन्वय गरेर बीमासन्धी सचेतना कार्यक्रम निरन्तर सञ्चालन गरिरहेको पनि सुवेदीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS