IME Life New

विश्वमा आउँदैछ ठूलो आर्थिक संकट ! कसरी बच्ने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रख्यात लेखक रोबर्ट कियोसाकीले फेरि चेतावनी दिएका छन्। यस वर्ष अर्थात् २०२५ मा ठूलो आर्थिक संकट आउन सक्ने उनको भविष्यवाणी छ। यस संकटका कारण एकै झट्कामा १.६ ट्रिलियन डलर स्वाहा हुन सक्ने उनले बताएका छन्। यद्यपि, कियोसाकीले यो संकटबाट कसरी बच्न सकिन्छ भनेर पनि व्याख्या गरेका छन्।

कियोसाकीले आफ्नो पुस्तक ‘रिच ड्याड पुअर ड्याड’ मा आर्थिक कठिनाइहरुको बारेमा लेखेका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एउटा पोस्ट गरेका छन्। जसमा उनले पहिले कसरी आर्थिक संकट आएको थियो भनेर व्याख्या गरेका छन्। उनले लेखेका छन्, ‘१९९८ मा वाल स्ट्रिटले लङ टर्म क्यापिटल म्यानेजमेन्ट (एलटीसीएम) नामक हेज कोष बचत गर्न एकसाथ आए। सन् २००८ मा केन्द्रीय बैंकहरुले वाल स्ट्रिटलाई बचाए। अब २०२५ मा मेरो साथी जिम रिकाड्र्स सोध्दै हुनुहुन्छ कि केन्द्रीय बैंकहरुलाई कसले बचाउनेछ ?’

Esewa
Crest

कियोसाकी विश्वास गर्छन् कि हरेक पटक संकट झन खतरनाक हुँदै गइरहेको छ। किनभने यसको वास्तविक कारण कहिल्यै पत्ता लागेन।
कियोसाकीका अनुसार यो समस्या सन् १९७१ मा सुरु भएको थियो। त्यतिबेलाका अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनले डलरलाई सुनको मानकबाट हटाएका थिए। कियोसाकी भन्छन्, ‘ यसले पैसाको वास्तविक मूल्यलाई हटाउँछ। अनि यहीँबाट समस्याहरु सुरु भए, जुन अहिले झन् बढेका छन्।’

कियोसाकीका साथी तथा वित्तीय विज्ञ जिम रिकाड्र्स पनि यसमा सहमत छन्। उनको विश्वास छ कि विद्यार्थी ऋणमा रहेको १.६ ट्रिलियन डलर खेर जान सक्छ। यसले अर्को आर्थिक संकट निम्त्याउन सक्छ।

कियोसाकीले यो संकटबाट कसरी बच्ने भनेर पनि व्याख्या गरेका छन्। उनको विश्वास छ कि लगानीकर्ताले सरकार वा शेयर बजारबाट कुनै सहयोग पाउने छैनन्। ‘तपाइँले आफैँलाई मद्दत गर्नुपर्छ’, उनले भनेका छन्।

कियोसाकीले मानिसहरुलाई सुन, चाँदी र बिटक्वाइनजस्ता वास्तविक चिजहरु किन्न सल्लाह दिएका छन्। ‘आर्थिक रुपमा बलियो हुन चाहनुहुन्छ भने आफैँले केही गर्नुपर्छ’, उनले भनेका छन्, ‘अरु कसैलाई विश्वास नगरे हुन्छ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS