IME Life New

बीमा गर्दा धेरै बीमितले प्रायः चासो राख्ने र खासै चासो नराख्ने दुईवटा विषय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा गर्दा तपाइँ कहिल्यै पनि बीमाशुल्कका पछाडि नलाग्नुहोस्। तर, प्रायः बीमा गर्दा चाहे सम्पत्तिको होस् वा मान्छेको बीमाशुल्क कति भुक्तानी गर्नुपर्छ भन्ने हाम्रो चासो हुन्छ। तर, बीमाले कुन–कुन जोखिम बहन गर्छ भन्नेतर्फ हामी चासो राख्दैनौँ। अझ जीवन बीमा हो भने बोनस कति पाइन्छ, कति वर्षमा डब्बल हुन्छ भन्नेजस्ता जिज्ञासाहरु तेस्र्याइन्छ।

तपाइँले रोज्ने सबैभन्दा सस्तो बीमाशुल्कको बीमालेखले तपाइँको खल्तीमा भएको पैसाबाट केही पैसा आज बचत गरिदिन सक्छ। तर, तपाइँको आवश्यकतासँग मेल खाने बीमाले भोलि तपाइँको भविष्य सुरक्षित बनाउन सक्छ।

Esewa
Crest

धेरैजसो बीमितहरु चासो साथ सोध्छन्– ‘मैले किस्ता (प्रिमियम) कति बुझाउनुपर्छ ?’

धेरै कमले सोध्छन्– ‘मैले गर्ने बीमामा जोखिम बहन (कभरेज) के–के समेटिएका छन् ?’

बीमामा सबैभन्दा सस्तो विकल्प सधैँ उत्तम विकल्प हुँदैन। बीमा गरेको विषयवस्तुको नोक्सानीपछि दाबी गर्दामात्र बीमालेखको वास्तविक मूल्य परीक्षण गर्ने अवसर मिल्छ।

कुनै पनि बीमालेख खरिद गर्नुअघि बुझ्नुहोस्

  • जोखिम बहन (Risk Coverage)
  • प्रतीक्षा अवधि (Waiting Period)

केही बीमालेखमा बीमा जारी गरिसकेको केही अवधिपछि मात्र बीमालेखमा समावेश गरिएका जोखिमहरु बीमकले बहन गर्ने सर्तहरु तोकिएका हुन्छन्। त्यस्तो अवधिलाई प्रतीक्षा अवधि भनिन्छ। जस्तैः घातक रोगको बीमा गर्दा कम्तीमा ३० दिनको प्रतिक्षा अवधि लागू गरिएको हुन्छ। बालबालिकाको जीवन बीमा गर्दा बालबालिकाको उमेर ६ वर्ष नाघेको वा बीमा गरेको ३ वर्ष पूरा भएको हुनुपर्ने प्रतीक्षा अवधिको सर्त तोकिएको हुन्छ।

त्यसैले बीमा गर्नुअघि र गरिसक्नु भएको छ भने बीमालेखमा भएका सबै सर्त स्पष्टसँग बुझ्ने प्रयास गर्नुहोस्। आजको जानकारीपूर्ण निर्णयले भोलि दाबी लिने बेला तपाइँलाई कुनै पनि अज्ञानताका कारण आफू ठगिएको महसुस गर्नुपर्ने अवस्थाबाट मुक्त राख्नेछ।

के तपाइँले कहिल्यै खरिदपछि आफ्नो बीमालेखमा भएका प्राविधिक शब्दावलीहरु समीक्षा गर्नुभएको छ ? बीमालेखका कुनै शर्तबारे जानकारी लिनुपर्ने भए हामीलाई तपाइँले हाम्रो ई–मेलमार्फत [email protected] मा पनि सम्पर्क गर्न सक्नुहुन्छ। ई–मेल लेख्दा विषयमा बीमालेख जिज्ञासा (Insurance Inquiry) भन्ने उल्लेख गर्नुहोला।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS