काठमाडौं । गोल्ड स्ट्रिट भएको सुन सहरमा हिँडिरहेको व्यक्तिले कसरी कल्पना गर्न सक्छ? विश्वमै पहिलोपटक एउटा यस्तो सहर बनिरहेको छ, जुन सुनले बनेको हुनेछ। जहाँ सडकहरु पनि सुनले नै बनेका हुनेछन्।
यो सहर दुबईमा बनिरहेको छ र यो विश्वको लागि आकर्षणको नयाँ केन्द्र बन्ने तयारीमा छ। दुबईका अधिकारीहरुले घोषणा गरेका छन् कि ‘नयाँ दुबई गोल्ड डिस्ट्रिक्ट’ चाँडै नै आधिकारिक रुपमा सुरु हुनेछ। जसको उद्देश्य दुबईलाई सुन र गहनाको केन्द्रमा रुपान्तरण गर्नु हो।
यो ‘सिटी अफ गोल्ड’ विश्वको पहिलो ‘गोल्ड स्ट्रिट’ हुनेछ। जुन पूर्ण रुपमा सुनले बनेको एक अद्वितीय स्ट्रिट हुनेछ। यो दुबईको देइरामा एउटा प्रमुख पर्यटकीय केन्द्र सिर्जना गर्न डिजाइन गरिएको हो। अधिकारीहरुले भनेका छन्, ‘यो परियोजनाले खुद्रा, थोक व्यापार, बुलियन र लगानीलाई एउटै छानामुनि ल्याउनेछ। जसले सुन र गहना क्षेत्रका लागि एकीकृत पारिस्थितिक प्रणाली सिर्जना गर्नेछ।’
दुबईमा निर्माणाधीन ‘गोल्ड स्ट्रिट’
दुबईका अधिकारीहरुले गोल्ड स्ट्रिटमा कम्तीमा १ हजार खुद्रा सुन पसल स्थापना गर्ने आशा राखेका छन्। जसले सडकलाई ‘सुनको सहर’का रुपमा स्थापित गर्नेछ र पहिले नै जीवन्त सहर दुबईलाई नयाँ पहिचान दिनेछ। यसले दुबईको प्रतिष्ठा बढाउनेछ।
अधिकारीहरुले गोल्ड स्ट्रिट योजना, डिजाइन र अन्य विकासहरुको बारेमा थप विवरणहरु जारी गरिने बताएका छन्। यद्यपि, अहिलेका लागि एउटा भिडियो जारी गरिएको छ।
यूएईका एक सरकारी अधिकारीका अनुसार गोल्ड डिस्ट्रिक्ट र गोल्ड स्ट्रिट दुवैले दुबईको व्यावसायिक सम्पदा र सुन व्यापारको लागि विश्वव्यापी केन्द्रका रुपमा यसको स्थान प्रदर्शन गर्नेछन्। दुबई अर्थतन्त्र र पर्यटन विभाग (डीईटी) को एक भाग दुबई फेस्टिभल एनड रिटेल एस्टाब्लिशमेन्ट (डीएफआरई) का सीईओ अहमद अल खाजाले भने, ‘सुन दुबईको सांस्कृतिक र व्यावसायिक कपडामा गहिरो रुपमा बुनेको छ र हाम्रो सम्पदा, समृद्धि र उद्यमको स्थायी भावनाको प्रतीक हो।’ –एजेन्सी












