IME Life New

ठूलो संकटको संघारमा विश्व ! किन चुपचाप सुनको भण्डार बढाउँदैछ चीन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुनको मूल्य गत वर्ष उल्लेखनीय रुपमा बढेको थियो। यसका बाबजुद पनि सन् २०२५ मा सुनको माग ४० प्रतिशतले बढेर ५ हजार २ टन पुगेको छ।

सुनको यो माग बढेको लगातार चौथो वर्ष हो। सन् २०२१ देखि सुनको माग २९२ टनले बढेको छ। अमेरिकी डलरको हिसाबले गत वर्ष सुनको माग ४५प्रतिशतले बढेको छ। यस अवधिमा विश्वले ५५२ अर्ब डलरको सुन खरिद गरेको छ।

Esewa
Crest

गत वर्ष विश्वव्यापी ईटीएफ होल्डिङमा वर्ष–दर–वर्ष ८०१ टनले वृद्धि भएको छ। जुन इतिहासमा दोस्रो ठूलो वृद्धि हो। बार र सिक्काको माग पनि १ हजार ३७४ टन पुगेको छ। जुन १२ वर्षमा सबैभन्दा बढी हो। यस अवधिमा विश्वका केन्द्रीय बैंकहरुले ८६३ टन सुन खरिद गरेका छन्। जुन इतिहासमा एकै वर्षमा चौथो ठूलो खरिद हो। यो सन् २०१० देखि २०२१ सम्मको ४७३ टनको औसत वार्षिक खरिदभन्दा बढी हो।

सबैभन्दा धेरै सुन कससँग छ ?

सन् २०२१ देखि सुन खरिद निरन्तर बढिरहेको छ। हालै भारत, चीन, टर्की र पोल्यान्डजस्ता देशका केन्द्रीय बैंकले उल्लेखनीय खरिद गरेका छन्। युक्रेनमा रुसको आक्रमणपछि विश्वभरका धेरै देशले आफ्नो विदेशी मुद्रा भण्डारमा सुनको हिस्सा बढाइरहेका छन्।

मिडिया रिपोर्टहरुका अनुसार चीनले गोप्य रुपमा आफ्नो सुनको भण्डार बढाइरहेको छ। यद्यपि चीनले गत वर्ष आधिकारिक रुपमा २७ टन सुन खरिद गरेको थियो। विज्ञहरुले कुल खरिद लगभग २७० टन हुने अनुमान गरेका छन्। चीनले सुनको भण्डार बढाउनुमा विश्व कुनै ठूलो विपत्ति नजिकै रहेको विज्ञहरुको अनुमान छ।

यद्यपि, सुनको भण्डारको सन्दर्भमा कोही पनि अमेरिकाको नजिक आउँदैन। विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रसँग ८ हजार १३३ टन सुनको भण्डार छ। रोचक कुरा के छ भने अमेरिकाले धेरै वर्षदेखि यो भण्डारमा कुनै ठूलो परिवर्तन गरेको छैन। यस सूचीमा जर्मनी (३३५० टन) दोस्रो स्थानमा, इटाली (२४५२ टन) तेस्रो स्थानमा, फ्रान्स (२४३७ टन) चौथो स्थानमा, रुस (२३३० टन) पाँचौं स्थानमा, चीन (२३०४ टन) छैटौंँ स्थानमा, स्विट्जरल्यान्ड (१०४० टन) सातौँ स्थानमा, भारत (८८० टन) आठौँ स्थानमा, जापान (८४६ टन) नवौँ स्थानमा र टर्की (६४१ टन) दसौँ स्थानमा छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS