काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ३१ दशमलव १२ अंकले बढेर २,६७२ को विन्दुमा कायम भएको छ । आज २२४ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४० करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको कारोबार भएको छ । आज यस कम्पनीको ५३ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एसवाई प्यानलको ३७ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । श्रीनगर एग्रिटेकको २८ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सागर डिष्टिलरी, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्सका लगानीकर्ताले कमाएका छन् । आज यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ७८ प्रतिशतका दरले गुमाएका हुन् ।












