IME Life New

बढेर बन्द भएको बजारमा कारोबार रकम ६ अर्ब १७ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ९ दशमलव १६ अंकले बढेर २,७७० को विन्दुमा कायम भएको छ । आज १७५ कम्पनीको शेयर मूल्य बढेको छ भने ७४ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२० कम्पनीको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ कबरोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको २० करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १८ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै यूनियन हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ दशमलव १० प्रतिशतका दरले कमाएका छन् । अपर साङगे हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् । अपर लोहरे खोलाका लगानीकर्ताले ५ दशमलव ४३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सम्पदा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ८१ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS