काठमाडौं । यस साताबाट शेयर कारोबार अब शुक्रबार पनि खुल्ने भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले शेयर कारोबार सञ्चालन सम्बन्धी नयाँ कार्यतालिका सार्वजनिक गर्दै यस्तो बताएको हो । गत चैत २२ गते बसेको मन्त्रीपषिद बैठकको निर्णयअनुसार नेप्सेले आइतबार शेयर बजार बन्द रहने र शुक्रबार संचालन हुने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को बैठकले साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने र कार्यालय समय बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कायम गर्ने निर्णय गरेको थियो।













