IME Life New

हरियो भएर तीजलाई स्वागत गर्यो शेयर बजारले, के-के भयो आजको बजारमा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तीजलाई शेयर बजारले हरियो भएर स्वागत गरेको छ। आज मंगलबार नेप्से परिसूचक ४.८३ अंकले बढेर २७६६.०९ को विन्दुमा बन्द भएको हो।

यो दिन बजारमा नेप्से उपसमूहमा रहेका ९ वटा समूह बढेका छन् भने ४ वटा घटेका छन्। बजारमा आज अन्य समूह सर्वाधिक १.४२ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.६८ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज ४ अर्ब १८ करोड रुपैयाँ बढीको कारोबार भएको छ। यो कारोबार हिजोको तुलनामा कम हो। शेयर बजारमा कोभिड–१९ यता महिला लगानीकर्ताको सहभागिता उत्साहजनक रहेको छ। तर, आज तीज परेकोले महिला लगानीकर्ता उपस्थिति बजारमा कम हुँदा कारोबार पनि घटेको हो।

आज बजारमा विकास हाइड्रोपावरका शेयरधनीहरु मालामाल भएका छन्। यो कम्पनीको शेयरभाउ करिद १० प्रतिशतले बढेको छ।

यो दिन बजारमा कुमारी सबल योजनाका इकाइधनीहरुले सर्वाधिक गुमाए। यो योजनाको इकाइमूल्य सर्वाधिक ३.६६ प्रतिशतले घटेको छ।

आज बजारमा हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार सर्वाधिक भएको छ। यो कम्पनीको ४८ करोड ९५ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS