IME Life New

शेयर बजारमा ६.३१ अंकको गिरावट, १७७ कम्पनीको मूल्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि शेयर बजार घटेर बन्द भएको छ । हिजो दोहोरो अंकले घटेर बन्द भएको मार्केट आज पनि ६ दशमलव ३१ अंकले घटेर २,७०५ को विन्दुमा कायम भएको छ । आज ८० कम्पनीको शेयर मूल्य बढेको छ भने १७७ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५५ कम्पनीको १ करोड ७ लाख ८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ९९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको १८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै सोपान फर्मास्युटिकल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । अपोलो हाइड्रोपावरका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावरका लगानीकर्ताले ६ दशमलव ६१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ९० प्रपितशतका दरले गुमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS