IME Life New

शेयर बजारमा २५.८१ अंकको गिरावट, २३५ कम्पनीको मूल्य घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक २५ दशमलव ८१ अ.कले घटेर २,७४४ को विन्दुमा कायम भएको छ । आज ३० कम्पनीको शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३५१ कम्पनीको १ करोड २१ लाख ३४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पाल्पा सिमेन्टको २० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको १८ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यसका लगानीकर्ताले १३ दशमलव ८१ प्रतिशतका दरले कमाएका हुन् । नेपाल लाइफ समृद्धि योजनाका इकाईधनीले ३ दशमलव ८७ प्रतिशतका दरले कमाएका छन् । आइसीइफसी फाइनान्स डिबेञ्चरका इकाईधनीले ३ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै एबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ११ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS