IME Life New

धितोपत्र बोर्डको पाइपलाइनमा एकैदिन थपिए ५ कम्पनीको आइपीओ, कुन-कुनको ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा एकैदिन ५ वटा कम्पनीको आइपीओ थपिएको छ।

धितोपत्र बोर्डमा बूढानीलकण्ठ हेरिटेज, सभापोखरी हाइड्रोपावर, इस्टर्न सहारा कम्पनी, नेसनल बायो टेक र पशुपति रिन्युएबल्सले सोमबार (चैत १६ गते) एकैपटक आइपीओ जारी गर्न अनुमति माग्दै निवेदन दिएका हुन्।

Esewa
Crest

बूढानीलकण्ठ हेरिटेजले ४९ करोड ५० लाख रुपैयाँबराबरको आइपओि ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख ५० हजार कित्ता आइपीओ जारी गर्नेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

त्यस्तै सभापोखरी हाइड्रोपावरले १० करोड ७५ लाख रुपैयाँबराबरको आइपओि ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० लाख ७५ हजार कित्ता आइपीओ जारी गर्नेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ।

इस्टर्न सहारा कम्पनीले २७ करोड ५० लाख रुपैयाँबराबरको आइपओि ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २७ लाख ५० हजार कित्ता आइपीओ जारी गर्नेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

यसैगरी नेसनल बायो टेकले १० करोड रुपैयाँबराबरको आइपओि ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता आइपीओ जारी गर्नेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।

उता पशुपति रिन्युएबल्सले १४ करोड ४० लाख रुपैयाँबराबरको आइपओि ल्याउन अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १४ लाख ४० हजार कित्ता आइपीओ जारी गर्नेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS