IME Life New

एआईको दुनियाँमा नयाँ खेलाडीको उदय, गुगललाई चुनौती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । के तपाइँलाई कुनै प्रश्नको जबाफ खोज्न मन लाग्यो भने सीधै गुगलमा जानुहुन्छ ? यदि हो भने तपाईंको यो बानी अब बदलिने सम्भावना बढ्दै गएको छ। किनकि आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को दुनियाँमा एउटा यस्तो नयाँ खेलाडी उदय भएको छ। जसले परम्परागत सर्च इन्जिनलाई नै चुनौती दिइरहेको छ।

हामी कुरा गर्दैछौँ एचआई सर्च स्टार्टअप पप्र्लेक्सिटीको। हालैमात्र यो कम्पनीले लगानीकर्ताबाट २ करोड डलरको ठूलो रकम जुटाएको छ। जसले कम्पनीको कुल मूल्यांकन २० अर्ब डलर पुगेको छ।

Esewa
Crest

यो लगानीले प्रविधि जगतमा ठूलै हलचल ल्याएको छ। किनकि यो रकम कम्पनीले २ महिनाअघिको लगानीपछि फेरि जुटाएको हो। यसले पप्र्लेक्सिटीको बढ्दो प्रभाव र सम्भावनातर्फ स्पष्ट संकेत गर्छ।

किन यति खास छ पप्र्लेक्सिटी ?

परम्परागत सर्च इन्जिनहरुले तपाइँलाई प्रश्नको जबाफ दिनका लागि दर्जनौँ लिंकको सूचीमात्र दिन्छन्। जहाँबाट तपाइँले आफैँ सही जानकारी खोज्नुपर्छ। तर, पप्र्लेक्सिटीले यो तरिकालाई पूर्ण रुपमा बदलेको छ। यसले तपाइँको प्रश्नलाई बुझेर सीधै जबाफ दिन्छ र त्यो जबाफ कुन स्रोतबाट लिएको हो, त्यसको लिंक पनि उपलब्ध गराउँछ।

यो सुविधाले प्रयोगकर्ताको समय बचाउँछ र अनावश्यक जानकारीबाट जोगाउँछ। यही कारणले गर्दा यो द्रुत गतिमा लोकप्रिय भइरहेको छ। लगानीकर्ताले पनि यसको यही फरक र प्रभावकारी मोडलमा विश्वास देखाएका छन्।

गुगलको वर्चस्वमा चुनौती

लामो समयदेखि सर्च इन्जिनको बजारमा गुगलको एकछत्र राज रहेको छ। तर, पप्र्लेक्सिटीको यो सफलताले अब त्यो वर्चस्वमाथि प्रश्नचिह्न खडा भएको छ। यो लगानी रकमले पप्र्लेक्सिटीलाई आफ्नो उत्पादन विकास गर्न, बजार विस्तार गर्न र गुगलसँग सीधा प्रतिस्पर्धा गर्न थप शक्ति प्रदान गर्नेछ।

अहिलेको समयमा हरेक ठूला टेक कम्पनी (जस्तैः माइक्रोसफ्ट, गुगल) आ–आफ्नै एआई टुल लिएर मैदानमा उत्रिएका छन्। तर, पप्र्लेक्सिटीले यो भीडमा पनि आफूलाई ‘सर्चको भविष्य’का रुपमा स्थापित गर्न सफल भएको छ।

के पप्र्लेक्सिटीले साँच्चै नै गुगललाई विस्थापित गर्न सक्ला? यो प्रश्नको जवबफ भविष्यले दिनेछ। तर, एउटा कुरा पक्का छ कि सर्च इन्जिनको दुनियाँमा एउटा रोमाञ्चक प्रतिस्पर्धाको सुरुआत भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS