IME Life New

उचित समयमा सही बीमाले बचाउन सक्छ व्यवसाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । व्यवसाय भनेको जोखिम हो। कहिलेकाहीँ प्राकृतिक प्रकोप, आगलागी, साइबर आक्रमण वा मुद्दाजस्ता घटनाले क्षणभरमा व्यवसायको स्थिरतालाई नष्ट गर्न सक्छन्। यस्तो अवस्थामा व्यावसायिक बीमा बाँच्नका लागि मुख्य आशा बन्छ। यसले घाटापछि पैसा फिर्ता मात्र नभएर संस्थालाई यसको दीर्घकालीन योजनाहरुमा विश्वास पनि दिन्छ।

नेपालमा गत वर्ष असोजको दोस्रो साताको अविरल वर्षापछि उत्पन्न बाढीपहिरो, यो वर्ष भदौ २३ र २४ गतेको जेनजी आन्दोलन अनि यही वर्ष असोज १७ र १८ गतेको अविरल वर्षापछि बाढीपहिरोलगायतका प्राकृतिक विपत्तिबाट ठूलो धनजनको क्षति भएको छ। नेपालमा अझै पनि धेरै उद्यमी–व्यवसायीले बीमालाई अतिरिक्त खर्चका रुपमा हेर्छन्। तर, वास्तविकतामा यदि अचानक दुर्घटनाले सम्पूर्ण व्यवसाय ध्वस्त पार्छ भने बीमा बाँच्नका लागि एकमात्र आशा बनेको हुन्छ।

Esewa
Crest

बीमा अब कर्मचारी सुरक्षादेखि ग्राहकको विश्वास, ऋण र लगानीसम्म सबै क्षेत्रमा आवश्यक छ। त्यसकारण उद्यमी–व्यवसायीले बीमालाई खर्चका रुपमा मात्र नभएर रणनीतिक व्यापार योजनाको भागका रुपमा हेर्नुपर्छ।

राज्यस्तरमा साना र मध्यम आकारका उद्यम–व्यवसायका लागि सरल सर्तहरुमा बीमा लाभ सुनिश्चित गर्नु आवश्यक छ। बीमा कम्पनीहरुले पनि पारदर्शिता, द्रुत दाबी भुक्तानी र आधुनिक जोखिम कभरेज प्रदान गर्नुपर्छ। व्यवसाय बाँच्नका लागि बीमा अब ऐच्छिक रहेन। यो अब दिगो विकासका लागि आवश्यक आधार बनिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS