IME Life New

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सेवा पुनः सञ्चालनमा ल्याउने बारे अझै टुङ्गो छैन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा बन्द रहेको उडान सेवा बुधबार दिउँसो देखि पुनः सञ्चालनमा ल्याउने भनिए पनि टुङ्गो लागेको छैन।

त्रिभूवन विमानस्थलका साथै राजधानी बाहिरका विमानस्थलहरूको सुरक्षास्थिति सुदृढ नहुँदासम्म तत्कालै उडान सेवा शुरू गर्न सुरक्षा जोखिम हुने निष्कर्ष सहित नागरिक उड्ययन प्राधिकरणले सुरक्षा निकायसँगको समन्वयपछि मात्र उडान सेवा पुनः सञ्चालनमा ल्याउने सम्बन्धमा निर्णय लिने भएको हो।

Esewa
Crest

सुरक्षा अवस्थाको कारण जनाउँदै मंगलबार दिउँसो २ः३० बजे देखि यो विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडान सेवा ठप्प रहेको छ। नागरिक उड्ययन प्राधिकरणले विमानस्थल वरपर र अवतरण मार्गका विभिन्न स्थानमा देखिएको धुँवाले जहाज उडानमा गम्भीर असर पर्ने भन्दै सुरक्षाको कारण देखाउँदै उडान बन्द गरेको हो।

यसैबीच निजी क्षेत्रको वायू सेवा प्रदायक बुद्ध एयरले बुधबार दिउँसो १२ बजेमसम्म उडान सेवा ठप्प रहने जानकारी दिएको छ। यो कम्पनीले उडान रद्ध गरिएका यात्रुको टिकट वापतको रकम फिर्ता गरिने समेत जानकारी दिएको छ।

वायूसेवा सञ्चालक संघले परिस्थितिमा समेत आम नागरिकलाई सेवा दिने प्रतिबद्धता जनाएको छ । सङ्घका अध्यक्ष मनोज कार्कीले एक विज्ञप्ति जारी गर्दै सङ्घका सदस्य कम्पनीहरु सदैव आम जनसमुदायको सेवामा तत्पर रहने जानकारी गराएका हुन् ।

उडान रद्ध हुँदा अझै पनि विमानस्थलमा ठूलो संख्यामा यात्रुहरू उडानको प्रतिक्षामा बसिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS