IME Life New

पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको घटाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाएको छ भने डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो।

निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम भएको छ। त्यस्तै, सुर्खेत र दाङ्ग क्षेत्रमा यस्ता पदार्थहरुको मूल्य क्रमशः १५५ रुपैयाँ र १३५ रुपैयाँ निर्धारण गरिएको छ ।

Esewa
Crest

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज लगायतका स्थानहरुमा १५३ रुपैयाँ ५० पैसा र १३३ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS