काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ, डिजेल तथा मट्टितेलको १ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र अन्तरराष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलो लिटर अमेरिकी डलर २९ ले घटाएको हो।
एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् नै राखिएको निगमले जनाएको छ। मूल्य समायोजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५८ रुपैयाँ कायम हुनेछ।













