IME Life New

आगामी २ महिनामा सुनको मूल्यमा भारी गिरावट आउन सक्ने ! कसले दियो यस्तो चेतावनी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी दुई महिनामा सुनको मूल्यमा भारी गिरावट आउने चेतावनी दिइएको छ। क्वान्ट म्युचुअल फन्डले यस्तो चेतावनी दिएको हो।

इकोनोमिक टाइम्सका अनुसार क्वान्टले आगामी दुई महिनामा डलरको तुलनामा सुनको मूल्य १२ देखि १५ प्रतिशतले घट्न सक्ने प्रतिवेदन सार्वजनिक गरेको छ। यद्यपि, सुनले लामो समयसम्म राम्रो प्रदर्शन गर्न सक्ने क्वान्टको विश्लेषण गरेको छ। लगानीकर्तालाई आफ्नो पोर्टफोलियोको एक भाग सुनमा लगानी गर्न पनि क्वान्टले सल्लाह दिएका छ।

Esewa
Crest

क्वान्टका अनुसार जुन महिना सामान्यतया कच्चा तेलका लागि राम्रो हुन्छ। कच्चा तेलको मूल्य अब थप घट्न सक्दैन। ‘यदि उदीयमान बजारहरुमा जोखिम बढ्यो भने कच्चा तेलको मूल्य १०–१२ प्रतिशतले बढ्न सक्छ’, क्वान्टले भनेको छ।

क्वान्टको विश्वास छ कि बिटक्वाइन बढी जोखिम लिन सक्ने लगानीकर्ताका लागि राम्रो हो। ‘अहिले विश्वमा धेरै अनिश्चितता छ, त्यसैले बिटक्वाइन राम्रो विकल्प हुन सक्छ’, क्वान्टको प्रतिवेदनमा भनिएको छ, ‘तर, छोटो अवधिमा विश्वव्यापीस्तरमा पैसाको अभावका कारण क्रिप्टो मुद्रा प्रभावित हुन सक्छ। क्रिप्टो मुद्रा लामो समयसम्म राम्रो प्रदर्शन गर्न सक्छ। युवाहरुको क्रिप्टो मुद्रामा झुकाव कायम रहनु महत्त्वपूर्ण छ।’

क्वान्टले विश्वव्यापी इक्विटीमा सुधार भइरहेको जनाएको छ। ‘तर यो अझै कमजोर छ। आगामी केही महिना विश्वव्यापी इक्विटी र विशेष गरी अमेरिकी इक्विटीको लागि कठिन हुन सक्छ’, क्वान्टले भनेको छ, ‘विश्वव्यापी इक्विटी अझै मन्दीमा छैन। यसको अर्थ विश्वव्यापी इक्विटी हाल स्थिर चरणमा छ र लगानीकर्ता निराश हुनुपर्दैन। मन्दीका लागि विश्वव्यापी स्तरमा पैसाको अभाव हुनुपर्छ। तर, अहिले त्यस्तो अवस्था छैन।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS