काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ सामानइ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो । यससँगै आज सुन तोलामा २ लाख १४ हजार २ सय रुपैयाँ कायम भएको छ ।
हिजो सुनको भाउ तोलामा २ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो ।
त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । यससँगै आज चाँदी २५ सय ५ रुपैयाँ कायम भएको छ।
हिजो पनि चाँदीको भाउ प्रतितोला २५ सय ५ रुपैयाँमा कारोबार भएको थियो।












