काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चैत २७ गते सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा २ लाख ९६ हजार ७ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला २ लाख ९४ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ८५ रुपैयाँले बढेको हो । यससँगै आज चाँदी तोलामा ४९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ४८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।












