काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फागुन २७ गते सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो ।
यससँगै आज सुनको मूल्य तोलामा ३ लाख १९ हजार रुपैयाँ पुगेको छ । फागुन २६ गते हिजो सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी तोलामा ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलामा ३१० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।












