IME Life New

ट्रेड युनियनका नेतृत्वतहको सामूहिक सौदाबाजी क्षमता अभिवृद्धि गर्न एफआईइयूएनद्वारा तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ (FIEUN), राष्ट्रिय समितिको आयोजनामा असार ५ गते शुक्रबार होटल बराही काठमाडौँमा Training on Enhancing Collective Bargaining Skills For Finance Sector Trade Union Leaders” विषयक तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन समारोहको अध्यक्षता संघका का.वा. अध्यक्ष परशुराम खनालले गरेका थिए भने उद्घाटन समारोहमा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवर प्रमुख अतिथिको रूपमा सहभागी थिए । त्यसैगरी, अतिथिका रूपमा UNI Global Union Asia & Pacific sf Program & Organizing Coordinator तिलक जंग खड्का, CLASS Nepal का महासचिव परशुराम पुडासैनी तथा वरिष्ठ तथा अन्तर्राष्ट्रिय कानुनविद् डा. रुद्र शर्मा सहभागी भई आफ्नो मन्तव्य प्रस्तुत गरेका थिए ।

Esewa
Crest

संघका उपाध्यक्ष राजु बहादुर जि.सी.ले बदलिँदो राष्ट्रिय परिवेशमा नेपाल सरकारबाट ट्रेड युनियन अधिकार तथा गतिविधिलाई संकुचित गर्ने प्रयासहरू भइरहेको र त्यसबाट श्रमिक आन्दोलन तथा ट्रेड युनियनहरूका सामु थप चुनौतीहरू सिर्जना हुँदै गएको विषयलाई आफ्नो मन्तव्यमा उल्लेख गर्दै सहभागीहरू समक्ष आफ्नो स्वागत मन्तव्य प्रस्तुत गरे ।

उद्घाटन समारोहमा वक्ताहरूले वित्तीय क्षेत्रका श्रमिकहरूको अधिकार संरक्षण, संगठन सुदृढीकरण, प्रभावकारी संवाद र समयानुकूल सामूहिक सौदाबाजीको आवश्यकता माथि जोड दिए । साथै, बदलिँदो श्रम बजार, प्रविधिको बढ्दो प्रभाव तथा वित्तीय क्षेत्रमा देखिएका नयाँ चुनौतीहरूको सामना गर्न ट्रेड युनियन नेतृत्वलाई थप सक्षम र रणनीतिक बन्नुपर्ने आवश्यकता औंल्याए ।

त्यसैगरी, हिमालयन बैंक कर्मचारी संगठनका अध्यक्ष सुमन मिश्रले वर्तमान परिवेशमा ट्रेड युनियनहरू विभाजित भएर होइन, एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै साझा उद्देश्य, सामूहिक शक्ति र आपसी सहकार्यबाट मात्रै श्रमिकहरूको अधिकार संरक्षण तथा संस्थागत सुदृढीकरण सम्भव हुने धारणा व्यक्त गर्नु भई कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रमको मुख्य प्रस्तुति वरिष्ठ तथा अन्तर्राष्ट्रिय कानुनविद् डा. रुद्र शर्माले Enhancing Collective Bargaining Skills for Better Negotiation Outcomes विषयमा जानकारी दिए । उनले नेपालको श्रम कानुन, सामूहिक सौदाबाजी सम्बन्धी कानुनी व्यवस्था, सर्वोच्च अदालतका महत्वपूर्ण नजिरहरू, वित्तीय क्षेत्रमा यसको प्रभाव, वार्ता प्रक्रिया, प्रभावकारी वार्ता सीप तथा वित्तीय क्षेत्रसँग सम्बन्धित समसामयिक चुनौतीहरूबारे विस्तृत रूपमा सहजीकरण गरेका थिए ।

विशेषगरी, बैंक तथा वित्तीय क्षेत्रमा श्रम ऐनको कार्यान्वयन, सामूहिक सौदाबाजीको बदलिँदो स्वरूप, रोजगारीको दिगोपन, मानसिक स्वास्थ्य, प्रविधिको प्रभाव तथा भविष्यमा वित्तीय क्षेत्रका श्रमिकहरूको भूमिका जस्ता महत्वपूर्ण विषयहरूमा गहन छलफल भएको थियो ।

FIEUN संग आबद्ध विभिन्न प्रतिष्ठानस्तरका ट्रेड युनियनका ५० भन्दा बढी नेतृत्वतहका पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरू र श्रोत व्यक्ति बीच सामूहिक सौदाबाजीसँग सम्बन्धित जिज्ञासा, समस्या, चुनौती र सम्भावित समाधानका विषयमा अन्तरक्रियात्मक छलफल समेत सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS