काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ३ लाख ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुनको भाउ तोलामा ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी आज चाँदी पनि घटेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।












