काठमाडौं । नेपाली बजारमा आज जेठ १२ गते मंगलबार सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ९० रुपैयाँले घटेको छ । यससँगै आज चाँदी ५ हजार ६० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ५१ सय ५० रुपैयाँमा कारोबार भएको थियो।












