IME Life New

बढ्यो अण्डाको मूल्य, अब प्रतिक्रेट कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चितवन । आसन्न प्रतिनिधिसभाको निर्वाचन नजिकिँदै गर्दा अण्डाको माग उच्च भएको छ। माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ।

नेपाल लेयर्स कुखुरापालक संघले आज माघ ११ गतेदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो। अब ठूलो अण्डा प्रतिक्रेट (३० वटा)को फार्म मूल्य ४९५ रुपैयाँ पुगेको छ। यसअघि प्रतिक्रेट ४६५ रुपैयाँ थियो। ठूलो अण्डाको मूल्य ३० रुपैयाँले बढेको हो।

Esewa
Crest

यसैगरी मझौला अण्डाको फार्म मूल्य प्रतिक्रेट ४७५ रुपैयाँ कायम गरिएको छ। यसअघि प्रतिक्रेट ४४५ रुपैयाँमा बिक्री हुँदै आएको थियो।

गत मंसिरमा अन्डाको मूल्य हालसम्मकै उच्च भएको थियो। तत्कालीन समयमा फार्ममा ठूलो अन्डा प्रतिक्रेट ५६५ रुपैयाँमा बिक्री भएको थियो। मझौलाको प्रतिक्रेट ५५० रुपैयाँ थियो।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपालमा निर्वाचनको माहोल बन्नु र निर्वाचनसँगै सीमा क्षेत्रमा भएको कडाइका कारण अण्डाको मूल्यमा वृद्धि भएको हो। अण्डा उत्पादन गर्ने कुखुरामा कमी आउँदा अण्डा उत्पादन कम हुनु र बन्द भएका विद्यालयहरू खुल्नुलगायत कारणले अण्डाको मूल्यमा क्रमिक सुधार आउन लागेको हो। अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९.१२ रुपैयाँ पर्न आउँछ। यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट ५७४.०६ रुपैयाँ पर्न आउँछ।

लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निराश बनेका थिए। अब मूल्य बढ्ने आशमा किसान रहेका छन्। संघले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ। –रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS