IME Life New

शेयर बजारको पावर: एक वर्षको कारोबारमै मूल्य डबल भएका शेयर कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एक वर्षको कारोबारको न्यून मूल्यलाई आधार मानेर अहिलेको बजारमूल्यलाई हेर्दा २९ कम्पनीको शेयरमूल्य दोब्बरले बढेको छ।

ती कम्पनीमध्ये भर्खरै आइपीओ सूचीकृत भएको गार्डियन माइक्रो लाइफको शेयरमूल्य ७०५ प्रतिशतसम्म बढेको छ। कम्पनीको न्यून मूल्य ३०१ रुपैयाँ रहेकोमा कम्पनीको पछिल्लो बजारमूल्य २४२४.१५ रुपैयाँ रहेको छ।

Esewa
Crest

त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ३५५ प्रतिशत वृद्धि भएको छ। एक वर्षको न्यून मूल्य ४०० रुपैयाँ रहेकोमा कम्पनीको पछिल्लो बजारमूल्य १८१९. ८९ रुपैयाँ रहेको छ।

पछिल्लो समय माहोल बनेका दुई पुनर्बीमा कम्पनीको बजारमूल्य पनि दोब्बर भएका छन्। एक वर्षको न्यून मूल्यबाट नेपाल पुनर्बीमा कम्पनीको बजारमूल्य करिब ११४ प्रतिशत र हिमालयन इन्स्योरेन्सको मूल्य करिब १०७ प्रतिशत वृद्धि भएको छ।

ल्य दोब्बर भएका कम्पनीमध्ये हाइड्रोपावर समूहका १३ कम्पनी रहेका छन्।

५२ हप्ताको न्यून मूल्यभन्दा कुन समूहको मूल्य दोब्बर भयो ?

  • हाइड्रोपावरः १३
  • विकास बैंकः ५
  • लघुवित्तः ५
  • अन्यः ३
  • लगानीः २
  • जीवन बीमा (लघु जीवन बीमा): १

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS