IME Life New

विश्वकै सबैभन्दा धूर्त चोर गिरोह ‘पिंक प्यान्थर्स’, जसले प्रहरीको गर्यो निद हराम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कुनै हलिउड फिल्मको कथाजस्तो लाग्ने एउटा आपराधिक सञ्जालले विश्वभरका सुरक्षा एजेन्सीहरुलाई दशकौँदेखि चुनौती दिइरहेको छ। ‘पिंक प्यान्थर्स’ नामले चिनिने यो गिरोह कुनै साधारण चोरहरुको समूह होइन।

करिब ८०० सदस्य रहेको यो सञ्जालका अधिकांश सदस्यहरु भूतपूर्व युगोस्लाभिया, विशेष गरी सर्बिया र मोन्टेनेग्रोका छन्। जसले युद्धकालमा सिकेको सैन्य अनुशासन र रणनीतिलाई गहना चोरीमा प्रयोग गरेका छन्।

Esewa
Crest

सैन्य शैलीको चोरी

पिंक प्यान्थर्सका चोरीहरु उनीहरुको असाधारण गति र योजनाका लागि प्रख्यात छन्। उनीहरुले कहिलेकाहीँ त ६० सेकेन्डभन्दा कम समयमा नै चोरीको काम फत्ते गर्छन्। सन् २००७ मा दुबईको एउटा सपिङ मलमा उनीहरुले कार नै चलाएर पसे र त्यसपछि करोडौँको सामान लिएर फरार भए। यसबाहेक उनीहरुले मोटरसाइकल र स्पिडबोटको समेत प्रयोग गरेर पुलिसलाई चकित पारेका छन्। उनीहरुको अर्को अनौठो शैली भनेको धनी ग्राहक बनेर पसलको ‘रेकी’ गर्नु हो। सन् २००३ मा लन्डनमा भएको चोरीमा उनीहरुले हीराहरुलाई कोल्ड क्रिमको बट्टामा लुकाएर लगेका थिए, जुन ‘पिंक प्यान्थर’ नामक फिल्मबाट प्रेरित थियो।

कलाकृतिदेखि हीरासम्म

यो गिरोहले केवल गहनालाई मात्र निसाना बनाउँदैन। उनीहरुको सबैभन्दा ठूलो चोरीमध्ये एक सन् २००८ मा जुरिचमा भएको कलाकृति चोरी थियो, जहाँ उनीहरुले सेजान, मोनेट र भान गग जस्ता प्रसिद्ध कलाकारका १६३ मिलियन डलर बराबरको कलाकृति चोरेका थिए। यसबाहेक उनीहरुले टोकियोमा ३० मिलियन डलर र भेनिसमा १.७ मिलियन पाउन्ड बराबरको शाही गहना चोरेका छन्। सन् २०२२ मा मात्रै उनीहरुले एउटा कला मेलाबाट १० मिलियन डलरबराबरको हीरा र नीलमणि चोरी गरेका थिए, जसले उनीहरुको लक्ष्य लगातार परिवर्तन भइरहेको देखाउँछ।

किन यति धूर्त ?

पिंक प्यान्थर्सलाई समात्न इन्टरपोलले ‘प्रोजेक्ट पिंक प्यान्थर्स’ नामक एक विशेष अभियान नै चलाएको छ। यति हुँदा पनि यो गिरोहलाई पूरै नियन्त्रणमा लिन नसक्नुका केही कारण छन्।

संगठनात्मक स्वरूपः उनीहरुको कुनै एकजना ‘किंगपिन’ छैन, बरु साना र स्वतन्त्र सेलहरुले काम गर्छन्।

हिंस्रक भाग्ने शैलीः गिरोहका सदस्यहरुले जेलबाट भाग्न पनि हिंसक तरिका अपनाउँछन्। धेरै सदस्यहरु युरोपका जेलहरुबाट भाग्न सफल भएका छन्।

गहनाहरुको पुनः कटिङः चोरी गरिएका हीराहरुलाई तुरुन्तै पुनः काटेर र पोलिस गरेर एन्टवर्पको कालो बजारमा बेचिने हुँदा ती फिर्ता पाउन लगभग असम्भव हुन्छ।

गत दुई दशकमा ३५ भन्दा बढी देशहरुमा ३७० भन्दा बढी चोरीहरु गरेर ५०० मिलियन डलरभन्दा बढी रकम संकलन गरेको यो गिरोह अहिले पनि विश्वका सुरक्षा निकायहरुका लागि टाउको दुखाइ बनेको छ। उनीहरुको चोरीको कथा यति नाटकीय छ कि धेरै वृत्तचित्र र पुस्तकहरु यसबाट प्रेरित भएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS