IME Life New

शंकास्पद कारोबारको रकम घटे पनि ४९%ले बढ्यो संख्या, सबैभन्दा धेरै वाणिज्य बैंकहरुबाट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा शंकास्पद कारोबार रकम घटे पनि संख्या भने बढेको पाइएको छ। वासुदेव भट्टराईको नेतृत्वमा रहेको नेपाल राष्ट्र बैंकको फाइनान्सियल इन्टिलिजेन्स युनिट (एफआईयू नेपाल)ले तयार पारेको प्रतिवेदनबाट यस्तो देखिएको हो।

प्रतिवेदन अनुसार अघिल्लो वर्ष २०२३ को तुलनामा २०२४ मा शंकास्पद कारोबार रकम १७ प्रतिशतले घटे पनि संख्या भने ४९ प्रतिशतले बढेको छ। वर्ष २०२४ मा विभिन्न सूचक संस्थाबाट ९ हजार ३०४ वटा शंकास्पद कारोबारको जानकारी प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्ष २०२३ मा यस्तो संख्या ६ हजार २५५ वटा थियो।

Esewa
Crest

यसैगरी अघिल्लो वर्ष २०२३ मा विभिन्न सूचक संस्थाबाट ४० अर्ब ६ करोड रुपैयाँबराबरको शंकास्पद कारोबार जानकारी प्राप्त भएकोमा वर्ष २०२४ मा घटेर ३४ अर्ब ९७ करोड रुपैयाँमा झरेको प्रतिवेदनमा उल्लेख छ।

सबैभन्दा धेरै वाणिज्य बैंकहरुबाट ३२ अर्ब १२ करोड रुपैयाँबराबरको शंकास्पद कारोबार भएको विवरण प्राप्त भएको एफआईयूको प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्ष वाणिज्य बैंकहरुबाट प्राप्त यस्तो रकमको विवरण ३८ अर्ब ७२ करोड रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा शंकास्पद कारोबार रकम घटेको छ।

यसैगरी प्रतिवेदनअनुसार वर्ष २०२४ मा दोस्रो धेरै शंकास्पद कारोबार रकम भुक्तानी सेवा प्रदायकबाट प्राप्त भएको छ। ती निकायले ७१ करोड ९१ लाख रुपैयाँबराबरको शंकास्पद कारोबार भएको विवरण पठाएका छन्। जुन अघिल्लो वर्ष ११ लाख ५३ हजार रुपैयाँमा सीमित थियो।

तेस्रो धेरै शेयर ब्रोकरबाट शंकास्पद कारोबार रकमको विवरण प्राप्त भएको छ। अघिल्लो वर्ष शेयर ब्रोकरले ४२ करोड ९६ लाख रुपैयाँबराबरको शंकास्पद कारोबार रकमको विवरण पठाएकोमा वर्ष २०२४ मा यस्तो रकम बढेर ६४ करोड ८ लाख रुपैयाँबराबरको विवरण प्राप्त भएको एफआईयूले जनाएको छ।

शंकास्पद कारोबार रकमको विवरण

स्रोतः नेपाल राष्ट्र बैंकको एफआईयूबाट प्राप्त तथ्यांक।

त्यस्तै प्रतिवेदनअनुसार सबैभन्दा शंकास्पद कारोबार संख्या वाणिज्य बैंकहरुमा देखिएको छ। वाणिज्य बैंकहरुले वर्ष २०२४ मा ७ हजार ७१३ वटा शंकास्पद कारोबारको विवरण एफआईयूमा पठाएका छन्। अघिल्लो वर्षको यो संख्या ५ हजार २८२ वटा थियो।

दोस्रोमा विकास बैंक रहेका छन्। अघिल्लो वर्ष २०२३ मा विकास बैंकबाट ३३० वटा शंकास्पद कारोबारको विवरण प्राप्त भएकोमा वर्ष २०२४ मा बढेर ६१२ वटा पुगेको छ।

तेस्रोमा वित्त कम्पनी छन्। अघिल्लो वर्ष वित्त कम्पनीबाट ९९ वटा शंकास्पद कारोबारको विवरण प्राप्त भएकोमा वर्ष २०२४ मा बढेर ३०३ वटा पुगेको प्रतिवेदनमा उल्लेख छ।

शंकास्पद कारोबार संख्याको विवरण

स्रोतः नेपाल राष्ट्र बैंकको एफआईयूबाट प्राप्त तथ्यांक।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS