IME Life New

दि निलय होटल्सको साधारण सभा चैत १३ गते, आइपीओ निष्काशनको एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

xकाठमाडौं । दि निलय होटल्सले चैत १३ गते पहिलो वार्षिक साधारणसभा गर्ने भएको छ । सभा धादिङको थाक्रे गाउँपालिका–८ स्थित आफ्नै कार्यालयमा बिहान ११ बजे बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, गत असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

Esewa
Crest

उक्त साधारणसभाले कम्पनीको शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने प्रस्ताव पारित गर्नेछ । सभाले स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको सञ्चालक समितिबाट भए गरेका काम कारबाही अनुमोदन गर्ने र लगानी तथा स्रोत जुटाउन आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS