IME Life New

आयकरको नयाँ दर र स्ल्याब भोलिबाट लागू हुँदै, अब कति कमाउने कतिसम्म तिर्नुपर्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । आर्थिक वर्ष २०८३।८४ भोलि शुक्रबार साउन १ गतेदेखि सुरु हुँदैछ। यो आर्थिक वर्षको बजेट घोषणा गरेको व्यक्तिगत आयकरको नयाँ दर आर्थिक ऐनमार्फत लागू गरिँदैछ।

आर्थिक ऐनअनुसार करको दरमध्ये सबैभन्दा ठूलो परिवर्तन भने आयकर ऐनमा हुँदैछ। साउन १ गतेदेखि प्राकृतिक व्यक्तिले गर्ने १० लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशतमात्रै कर लाग्नेछ। त्यसभन्दा माथि आयकरको स्ल्याब र दरसमेत परिवर्तन हुँदैछ।

Esewa
Crest

अब १० लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत, १० लाखदेखि १५ लाख रुपैयाँसम्मको आम्दानीमा १० प्रतिशत, १५ लाखदेखि २५ लाख रुपैयाँसम्म २० प्रतिशत, २५ लाखदेखि ४० लाख रुपैयाँसम्मको आम्दानीमा २७ प्रतिशत र ४० लाख रुपैयाँभन्दा बढी आम्दानी हुँदा बढी हुने आम्दानीको २९ प्रतिशत कर लाग्ने व्यवस्था लागू हुनेछ।

आर्थिक वर्ष २०८२।८३ मा यस्तो दर ३९ प्रतिशतसम्म रहेको छ भने १ प्रतिशतको स्ल्याबसमेत ५ लाख रुपैयाँमात्रै छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS