IME Life New

थ्रीस्टार हाइड्रोपावरको ४२ लाख कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । थ्रीस्टार हाइड्रोपावरको ४२ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिन लागेको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै कुल ४२ लाख १ हजार २५ कित्ता शेयरको लकइन अवधि आउँदो असार १९ गतेबाट सकिने जानकारी गराएको हो। हाल लकइनमा संस्थापकको ३६ लाख ९३ हजार ७५० कित्ता, स्थानीयको ४ लाख ९२ हजार ५०० कित्ता र कर्मचारीको १४ हजार ७७५ कित्ता शेयर रहेको छ।

Esewa
Crest

कुनै पनि कम्पनीले आइपीओ निष्कासन गरी बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ। यद्यपि, लकइन अवधि सकिए पनि सञ्चालक तथा कम्पनीका उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको शेयर भने नियमानुसार रोक्का राख्नुपर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS