IME Life New

डेबिट कार्डबाट रकम झिक्न पाउने सीमा घट्यो, अब कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले डेबिट कार्डबाट रकम झिक्न पाउने सीमा घटाएको छ।

केन्द्रीय बैंकले भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाहरुलाई जारी गरेको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ मा संशोधन गर्दै डेबिट कार्डबाट रकम झिक्न पाउने सीमा घटाएको हो। अब बैंक तथा वित्तीय संस्थाहरुबाट जारी डेबिट कार्डबाट प्रतिकारोबार २० हजार रुपैयाँ, प्रतिदिन रकम ५० हजार रुपैयाँ र प्रतिमहिना ३ लाख रुपैयाँसम्म रकम झिक्न पाइनेछ।

Esewa
Crest

यसअघिको व्यवस्थाअनुसार डेबिट कार्डबाट प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन रकम १ लाख रुपैयाँ र प्रतिमहिना ४ लाख रुपैयाँसम्म रकम झिक्न पाइन्थ्यो।

राष्ट्र बैंकले प्रिपेड कार्ड र क्रेडिट कार्डको कारोबार रकम सीमा भने यथावत नै राखेको हो। जसअनुसार प्रिपेड कार्डबाट प्रतिकारोबार १० हजार रुपैयाँ, प्रतिदिन रकम २० हजार रुपैयाँ प्रतिमहिना २ लाख रुपैयाँ झिक्न पाइन्छ।

क्रेडिट कार्डबाट भने स्वीकृत सीमाको १० प्रतिशतसम्म कारोबार गर्न पाइन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS