काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३।८४ को बजेटमार्फत व्यक्तिगत आयकरको सीमा १० लाख रुपैयाँ पुर्याइएको छ।
संघीय संसदको दुवै सदन संयुक्त बैठकमा आज बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले व्यक्तिगत आयकरको सीमा १० रुपैयाँ पुर्याइएको जानकारी गराएको हो। त्यस्तै व्यक्तिगत आयकरको दर १० प्रतिशतको विन्दुले घटाइएको छ। यसअघि व्यक्तिगत आयकरको सीमा ६ लाख रुपैयाँ थियो।
यसैगरी शेयर बजारमा पुँजीगत लाभकर नै अन्तिम कर कायम गरिएको अर्थमन्त्रीले जानकारी दिए। हाल पुँजीबजारमा अल्पकालीनतर्फ व्यक्तिगत लगानीकर्ताले ७.५ प्रतिशत र दीर्घकालीनतर्फ ५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन्।












