IME Life New

धितोपत्र बोर्डको कारवाहीमा परेको भृकुटी स्टक ब्रोकिङको दायीत्व रू. ५ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी(नेपाल रि) लगायत कम्पनीको शेयर खरिदबिक्री कारोबारमा अनियमितता गरेको अारोपमा धितोपत्र दलाल अनुमतिपत्र निलम्बन परेको भृकुटी स्टक ब्रोकिङ कम्पनी प्रा.लि. (ब्रोकर नं. ६३) को दायीत्व ५ अर्ब रूपैयाँ भन्दा माथि रहेको छ।

नेपाल धितोपत्र बोर्डका अनुसार, बुधबार कारवाहीमा परेको यो कम्पनीको धितोपत्र बोर्डका अनुसार, यो कम्पनीले लगानीकर्ताहरूलाई करिब ५ अर्ब ११ करोड ३ लाख रूपैयाँ बराबरको दायित्व भुक्तानी गर्न बाँकी देखिएको छ।

Esewa
Crest

बोर्डले अर्को निर्णय हुँदासम्मका लागि धितोपत्र दलाल अनुमतिपत्र निलम्बन गरेको छ। बोर्डले प्रचलित ऐन तथा नियमावली विपरित कार्य गरेको भन्दै उक्त कम्पनीको कारोबारमा रोक लगाएको हो।

बोर्डले जारी गरेको विज्ञप्ति अनुसार भृकुटी स्टक ब्रोकिङले गम्भीर त्रुटीहरू गरेको पाइएको छ। एक ग्राहकको शेयर खरिद-बिक्री वा कोल्याट्रल (धिटो) बापतको रकम अर्को ग्राहकको कारोबार राफसाफ गर्न प्रयोग गरेको र धितोपत्र व्यवसायी नियमावली, २०६४ को नियम ३१ र धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ का विभिन्न प्रावधानहरूको पालना नगरेको आरोप छ । यसबाहेक नियम अनुसार खरिदकर्ताबाट कम्तीमा २५ प्रतिशत अग्रिम रकम लिनुपर्नेमा सो नलिई खरिद सुविधा दिएको आरोप छ।

उधारोमा शेयर खरिद गर्न सुविधा दिने र रकम नै चुक्ता नगरी हितग्राही खातामा शेयर जम्मा गरिदिने जस्ता कार्यले पूँजी बजारमा प्रतिकूल असर पर्ने र लगानीकर्तालाई जोखिम हुने ठहर बोर्डले गरेको छ।

धितोपत्र बोर्डले कम्पनीले कानूनी व्यवस्था पालना गरी लगानीकर्तालाई दिनुपर्ने रकमको तत्काल फछ्र्यौट गर्न र लगानीकर्ताहरूले अन्य ब्रोकरबाट कारोबार गर्न चाहेमा प्राविधिक लगायतका आवश्यक व्यवस्था मिलाइदिनुपर्ने शर्त तोकेको छ।

बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ र नियमावली, २०६४ को अधिकार प्रयोग गर्दै यो निर्णय गरेको हो। यो कदमसँगै अब भृकुटी स्टक ब्रोकिङले अर्को सूचना नभएसम्म नयाँ कारोबार गर्न पाउने छैन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS