IME Life New

बीमाको रु. ६० लाख पाउन भाइजस्तै देखिने युवकको हत्या, तीनजनालाई जन्मकैदको सजाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको राजस्थानस्थित अलवरमा ६० लाख भारतीय रुपैयाँको बीमा रकम पाउन रचिएको भयानक षड्यन्त्रको पर्दाफास भएको छ।

तीन साथीले आफ्ना हराएका भाइजस्तो देखिने एक युवकलाई खोज्ने योजना बनाएका थिए। उनीहरुको एकमात्र उद्देश्य ती युवकको हत्या गर्ने र कम्पनीमा बीमा रकम दाबी गर्नेछ। अदालतले यस मुद्दामा मुख्य अभियुक्त अनिल खत्रीहित ३ जनालाई आजीवन काराबासको सजाय सुनाएको छ।

Esewa
Crest

सरकारी वकिल नवनीत तिवारीका अनुसार अनिलका भाइ सुनिल लामो समयदेखि बेपत्ता थिए। अनिलले भाइको एलआईसीमा रहेको बीमा पोलिसीबाट भारु ६० लाख प्राप्त गर्न ‘मृत’ घोषणा गर्ने षड्यन्त्र रचेका थिए। यसका लागि अनिलले आफ्ना साथी पवन र याकुबसँग मिलेर सुनिलजस्तै देखिने एक युवकको खोजी गरे। खोजीको क्रममा उनीहरुले महावीर ढाबामा काम गर्ने सालपुरका २४ वर्षीय रामकेशलाई भेट्टाए।

मित्रता, मदिरा र हत्या

योजनाको एक भागका रुपमा आरोपीले पहिले रामकेशसँग मित्रता गाँसेका थिए। सेप्टेम्बर ३० मा उनीहरुले उनलाई नयाँ लुगा र जुत्ता दिए। त्यसपछि रक्सी पिउने बहानामा बोलेरो कारमा राखेर लगे। मौका पाउनेबित्तिकै तीनजना मिलेर उनको हत्या गरे।

हत्यापछि उनीहरुले सुनिलको मतदाता परिचयपत्र खल्तीमा राखेर उनको पहिचानलाई गलत प्रमाणित गर्ने प्रयास गरे। ता कि उनीहरुले बीमाको पैसा दाबी गर्न सकून्।

प्रहरी अनुसन्धान र अदालतको फैसला

सुरुमा प्रहरीले शव सुनिलको हो भन्ने विश्वास गर्दै पञ्चनामा सुरु गर्यो। तर, चाँडै शंका बढ्यो। अनुसन्धानले अनिल र पवनलाई पक्राउ गर्यो र सोधपुछका क्रममा अनिलले सम्पूर्ण अपराध स्वीकार गर्यो। गत शुक्रबार अदालतलले तीनैजनालाई जन्मकैदको फैसला सुनायो। अनिललाई भने थप २० हजार भारु जरिवानाको सजाय पनि सुनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS