IME Life New

बीमा कम्पनीले वर्षदिनमै गरे रु. ५० करोड बराबरको शंकापद कारोबारको विवरण पेस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वित्तीय जानकारी इकाइले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बीमा कम्पनीले वर्षदिनमा कुल २४४ वटा शंकास्पद कारोबारबारे जानकारी गराएका छन्।

तथ्यांकअनुसार समीक्षा अवधिमा बीमा कम्पनीहरुले उपलब्ध गराएको विवरणमा कुल शंकास्पद रकम ४९ करोड ८६ लाख रुपैयाँ रहेको छ। बीमा क्षेत्रमार्फत हुन सक्ने अवैध वित्तीय गतिविधि र सम्पत्ति शुद्धीकरणको जोखिमलाई मध्यनजर गर्दै यस क्षेत्रका संस्थाहरुले निगरानी र रिपोर्टिङमा देखाएको यो तत्परताले नेपालको एएमएल सिएफटी संरचनालाई थप बलियो बनाएको देखिन्छ।

Esewa
Crest

वित्तीय जानकारी इकाइले प्राप्त गरेको सूचनाका आधारमा नेपाल बीमा प्राधिकरणले दुईवटा शंकास्पद कारोबार सम्बन्धमा सूक्ष्म अनुसन्धान गरेको छ। यस्तो अनुसन्धान प्रतिवेदन प्राधिकरणले इकाइमा पेस गरेको थियो।

स्रोतः नेपाल राष्ट्र बैंकप्रतिवेदनअनुसार देशका विभिन्न वित्तीय तथा गैरवित्तीय सूचक संस्थाहरुले शंकास्पद कारोबार रिपोर्ट र शंकास्पद गतिविधि रिपोर्ट बुझाउने क्रममा उल्लेख्य वृद्धि भएको छ। प्रतिवेदनले नेपालको वित्तीय प्रणालीमा रहेका सम्भावित जोखिमहरुलाई औँल्याउँदै विशेषगरी वाणिज्य बैंक र बीमा क्षेत्रको सक्रियतालाई देखाएको छ।

समग्र रिपोर्टिङको अवस्था रिपोर्टिङ गर्ने संस्थाहरुमध्ये वाणिज्य बैंकहरु अग्रस्थानमा रहेका छन्। वाणिज्य बैंकहरुले ७ हजार ३०३ वटा रिपोर्टमार्फत ३८ अर्ब ८८ करोड ५ लाख रुपैयाँबराबरको शंकास्पद कारोबार रिपोर्ट गरेका छन्।

विकास बैंकहरुले ७८० वटा रिपोर्टमार्फत ७५ करोड ९६ लाख ३० हजार रुपैयाँ र फाइनान्स कम्पनीहरुले ३५५ वटा रिपोर्टमार्फत ८३ करोड ९२ लाख ४० हजार रुपैयाँ कारोबारको विवरण दिएका छन्। यसबाहेक शेयर बजारमा भएको कारोबारमध्ये ४९१ वटा रिपोर्टमार्फत १ अर्ब ९१ लाख रुपैयाँको रिपोर्टिङ प्राप्त भएको छ।

सहकारी क्षेत्रले ३६ वटा रिपोर्टमार्फत ६ करोड ५६ लाख ८० हजार रुपैयाँ र विप्रेषण (रेमिट्यान्स) कम्पनीहरुले १०० वटा रिपोर्टमार्फत २८ करोड ५६ लाख ४० हजार रुपैयाँको कारोबार विवरण जानकारी गराएका छन्।

भुक्तानी सेवा प्रदायकले २५२ वटा रिपोर्टमार्फत १६ करोड ५७ लाख रुपैयाँको कारोबारबारे वित्तीय जानकारी इकाइलाई सूचना उपलब्ध गराएका छ्न्।

वित्तीय जानकारी इकाइले शंकास्पद कारोबारको रिपोर्टिङलाई सम्पत्ति शुद्धीकरण र आतंककारी कार्यमा वित्तीय लगानी निवारणको एक मुख्य सूचकका रुपमा व्याख्या गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS