IME Life New

विश्वमा बढ्दै लघु बीमाको महत्व, दायरामा साढे ३४ करोड मानिस

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका साढे ३४ करोड मानिस लघु बीमाको दायरामा रहेको तथ्यांक सार्वजनिक भएको छ।

माइक्रो इन्स्योरेन्स नेटवर्क (एमआईएन)ले हालै सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार सन् २०२४ मा विश्वका ३७ देशका ३४ करोड ४० लाख मानिसमा लघु बीमाको पहुँच पुगेको छ। न्यून आय भएका परिवारलाई आर्थिक सुरक्षा प्रदान गर्न लघु बीमाले महत्वपूर्ण भूमिका निर्वाह गरेको एमआईएनले जनाएको छ।

Esewa
Crest

अघिल्लो वर्ष २०२३ को तुलनामा वर्ष २०२४ मा लघु बीमाको पहुँच ३.९ प्रतिशतले बढेको छ। विश्वमा लघु बीमालेख बिक्रीबाट वर्ष २०२४ मा ६ अर्ब २० करोड डलर बीमाशुल्क संकलन भएको छ। जुन अघिल्लो वर्ष ५ अर्ब ८० करोड डलर रहेको थियो।

प्राप्त तथ्यांकअनुसार हालको कभरेजले विश्वमा लक्षित जनसंख्याको १२ प्रतिशत र बजारको अनुमानित मूल्यको १५ प्रतिशतमात्र प्रतिनिधित्व गर्दछ। यसले लघु बीमा कभरेज विस्तारका लागि अझ आवश्यकता र बीमा कम्पनीहरुका लागि व्यापार अवसर दुवैलाई उजागर गरेको छ।

सबैभन्दा धेरै लघु बीमा विस्तार भएका शीर्ष ४ देशमध्ये पेरु, फिलिपिन्स, जाम्बिया र जिम्बाबे रहेका छन्। वितरण र भुक्तानी संयन्त्रले लघु बीमा पहुँच विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरेको एमआईएनले जनाएको छ। वित्तीय संस्था, लघुवित्त समूह र ब्रोकरहरुले वितरणमा आफ्नो प्रभुत्व कायम गरिरहँदा डिजिटल प्लेटफर्महरु र मोबाइल नेटवर्क अपरेटरले लघु बीमा क्षेत्रमा आफ्नो उपस्थिति बढाइरहेका छन्।

अध्ययन प्रतिवेदनअनुसार लघु बीमा उत्पादनहरुले ३–४ वर्षपछि उल्लेखनीय वृद्धि देख्न सकिने देखाएको छ। यसका लागि दीर्घकालीन लगानी आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS