IME Life New

शेयर बजारका तीन नियामक निकायका प्रमुखबीच भेटवार्ता, के-के भयो कुराकानी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा बुधबार शेयर बजारका तीन नियामक निकायका प्रमुखहरुबीच भेटवार्ता भएको छ।

सेबोनको कार्यालयमा सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठ, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईं र सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)की प्रबन्ध सञ्चालक प्रविन पन्दाकबीच भेटवार्ता भएको हो। भेटमा तीनैजनाबीच नेपालको पुँजीबजारको विकास र विस्तारका विषयमा छलफल भएको थियो।

Esewa
Crest

पुँजीबजार र यससँग जोडिएका प्रणालीहरुलाई थप परिष्कृत बनाउँदै लग्ने विषयमा भएको बताइएको छ। भविष्यमा समेत यस्ता विषयमा नियमितरुपमा समन्वयात्मक बैठक जारी राख्ने विषयमा पनि श्रेष्ठ, चापागाईं र पन्दाकबीच कुराकानी भएको थियो।

छलफलमा सेबोनको नियमन विभागका प्रमुख मुक्तिनाथ श्रेष्ठ र सुपरिवेक्षण विभागका प्रमुख रुपेश केसीसमेत सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS