IME Life New

ब्रोकर एसोसिएसनले भन्यो- ‘पुँजीबजारको भविष्य उज्जवल छ, उच्च मनोबल र संयमित भएर कारोबार गर्नु’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल (एसबान)ले नेपालको पुँजी बजारको भविष्य दिगो र उज्जवल रहेको भन्दै लगानीकर्तालाई उच्च मनोबलका साथ संयमित भएर कारोबार गर्न आग्रह गरेको छ।

पछिल्लो समय अन्यौलतापूर्ण अवस्थामा लगानीकर्ताको मनोवल खस्किरहेको भन्दै अबका दिनमा उच्च मनोबलका साथ शेयर कारोबार गर्न ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले आग्रह गरेका छन्। ‘अहिले नेप्से परिसुचक न्यूनतम विन्दुमा झरिसकेको र सरकारलगायत सरोकारवाला निकायले समेत पुँजीबजारको सुधार र विकासका लागि सक्दो प्रयास गरेका छन्। सोहीअनुरुप उच्च मनोबालका साथ कारोबार गरौँ’, ढकालले भने, ‘नयाँ सरकार गठनसँगै पुँजीबजारको सुधार र विकासका लागि पुँजीबजार सुधार सुझाव समिति बनाई पुँजीबजारको सुधार गर्नका लागि आवश्यक सुझावहरु लिई सोअनुसारको आवश्यक कदमहरुलाई तुरुन्त कार्यान्वयनमा लैजान आदेश दिएको र सोहीअनुरुप नेपाल राष्ट्र बैंकबाट समेत आवश्यक कार्यान्वयन भइसकेको भने नेपाल धितोपत्र बोर्डबाट समेत आफ्ना काम अघि बढाएको छ।’

Esewa
Crest

बोर्डलगायत सरोकारवाला निकायले लगानीकर्ताहरुले माग गरेबमोजिमको तत्कालै आवश्यक सबै सुधारका कार्यहरु अगाडि बढाइससेको ढकालले बताए। ‘ब्रोकर एसोसिएसनले पनि पुँजीबजार सुधारका लागि सरोकारवाला निकायलाई दीर्घकालीन सुधारका काम गर्न झक्झक्याउँदै आएको छ’, उनले भने।

आन्दोलनले सरकारी सम्पत्ति र निजी क्षेत्रको व्यक्तिगत जनधन एवं व्यवसायमा क्षति पुर्याए पनि समग्र देशको अर्थतन्त्रका विभिन्न सूचकांक, बैंक ब्याजदर, बैदेशिक मुद्राको बचतदर तथा मृल्यवृद्धिलगायतका तथ्यांकहरुका साथै वित्तीय तरलता समेत सृदृद्ध हुँदै गएकोले शेयर बजारमा सुधार आउनुको विकल्प नरहेको समेत ढकालको भनाइ छ।

यसका साथै असोज २३ र २४ गते भएको युवा समूहहरु (जेनजी) को आन्दोलन र सो आन्दोलन पश्चात देखिएको राजनीतिक अस्थिरताले नेपालको पूँजी बजारलाई प्रभावित बनाएपनि अन्तरिम सरकारद्वारा समग्र शान्ति सुरक्षाको प्रबन्धका साथै अर्थतन्त्रको स्थायित्व तथा दिगो विकासका लागि अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन नीतिहरु बनाई कार्यान्वयन गर्दै अघि बढेकाले अबका दिनमा लगानीहकर्ताहरु हतास हुन नपर्ने ढकालले बताए। ‘अहिलेको सरकारले पुँजी बजारको वृद्धि र विकासका लागि यथासक्दो प्रयास गरेको छ भने हामीले पनि सोही अनुरुप सुधारका काम गर्न दबाब दिँदै आएका छौँ’, उनले भने, ‘यस्तो अवस्थामा लगानीकर्ताहरु आफ्नो सम्पत्तिको सुरक्षा गर्दै संययिमत भएर शेयर कारोबार गर्नुको विकल्प छैन।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS