IME Life New

पारदर्शिताको सिद्धान्त कार्यान्वयनले मात्र नेपालमा बीमाको भविष्य निर्भर हुनेछ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व बीमा इतिहास केलाउँदा एउटा विषय निक्कै प्रस्ट हुन्छ भने परिपक्व बीमा बजारहरु बीमा योजना उत्पादनहरु, पुँजी, वा नियमनको जगमा मात्र उभिएका छैनन्। उनीहरु उपभोक्ताको विश्वासको जगमा उभिएका छन्। जब बीमितसँग सम्बन्धित सबै जानकारी बीमकले दृश्यात्मक रुपमा, तुलनात्मक रुपमा र जबाफदेहीपूर्ण रुपमा उपलब्ध गराउँछ तबमात्र विश्वासको जग बलियो बनाउने आधार तयार हुन्छ।

विश्व बीमा बजारको तुलनामा कान्छो नेपालको बीमा बजारसँग अहिले एउटा अवसर छ। प्रत्येक बीमितले आफ्नो वा सबै बीमकको वास्तविक स्थिति झल्काउने एउटा साधारण सार्वजनिक सूचना पाटी देख्न सके भने के हुन्छ ?

Esewa
Crest
  • कुन–कुन बीमकहरुले समयमै बीमा दाबीहरु फछ्र्याैट गरिरहेका छन् ?
  • कुन कम्पनीहरुसँग भुक्तानी गर्न बाँकी दाबीहरु कति छन् ?
  • दाबी फर्छ्यौटमा वास्तवमा कुनै बीमकले कति समय लिने गरेको छ ?
  • कुन बीमालेख ग्रामीण जनसंख्या, कामदार, महिला, साना व्यवसायहरु र जलवायु–जोखिममा परेका समुदायहरुमा पुगिरहेका छन् ?
  • कुन कम्पनीहरुले बीमालेख बेच्ने मात्र नभएर वास्तविक विश्वास निर्माण गरिरहेका छन् ?
  • विश्वव्यापी रुपमा बीमा पर्यवेक्षण बलियो बीमित संरक्षण, राम्रो खुलासा, निष्पक्ष व्यवहार र जबाफदेही बजार आचरणतर्फ अघि बढिरहेको छ।

नेपाल बीमा प्राधिकरणले बीमकको नाममा परिपत्र जारी गर्दै महत्वपूर्ण सूचकांक र विवरणसहितको पारदर्शिता ड्यासबोर्ड (सूचना पाटी) को व्यवस्था गर्न निर्देशन दिएको छ। यसको कार्यान्वयनले पारदर्शिता र विश्वसनीयता जगाउन केही योगदान पुग्ने विश्वास गरिएको छ। केही बीमकले कार्यान्वयनमा ल्याइसकेका छन् भने केहीले अझै पनि ६० दिनको म्याद कुरेर बसेका छन्।

गत वैशाख–जेठ महिनामा बीमकविरुद्धको नियामकीय कारबाही र बीमकको सञ्चालकहरुविरुद्ध गम्भीर फौजदारी अभियोगमा न्यायालयमा मुद्दा दर्ता भएको विषयले नेपालको बीमा क्षेत्रमा पारदर्शिताको चरम अभाव रहेको पुष्टि गरेको छ।

बीमा सुपरिवेक्षकहरुको प्रतिनिधिमुलक संस्था इन्टरनेसनल एसोसिएससन अफ इन्स्योरेन्स सुपरभाइजर (आईएआईएस)ले घोषणा गरेका बीमा मुख्य सिद्धान्तहरु र विश्व बैंकको वित्तीय उपभोक्ता संरक्षण कार्यले एउटै सत्यलाई औँल्याउँछ– विश्वासको मागेर पाइने होइन, यो आर्जन गर्नुपर्छ।

दाबी फर्छ्यौट, सार्वजनिक विश्वास, डिजिटल रुपान्तरण, जोखिमआधारित सुपरिवेक्षण, लघु बीमा, र मौसमी सूचकांकमा आधारित बीमा बीमा प्राधिकरणको नयाँ ध्यान केन्द्रित भएकोले नेपालसँग नियमनबाट दृश्यात्मक जबाफदेहीतामा जानका लागि दुर्लभ अवसर छ।

  • एक राष्ट्रिय बीमा पारदर्शिता सूचना पाटी (ड्यासबोर्ड)।
  • एक सार्वजनिक दाबी–भुक्तानीको अंक तालिका।
  • एक बीमितको गुनासो सुनुवाइ प्रगति मापक (ट्रयाकर)।
  • बीमा कम्पनीका लागि एक सरल विश्वास सूचकांक।

किनकि बीमा एउटा दीर्घकालीन प्रतिबद्धता हो र डिजिटल युगमा प्रत्येक प्रतिबद्धताहरु स्पष्ट, मापन योग्य र पहिचान योग्य हुनुपर्छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS