काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएटतर्फ १७ सदस्यको अन्तिम नतिजा आएको छ।
महासंघको ६० औँ वार्षिक साधारणसभामा भएको निर्वाचनको मतदान प्रक्रिया मंगलबार सम्पन्न भएको थियो। मंगलबारबाटै मतगणनाको कार्य सुरु गरिएको थियो।
एसोसिएटतर्फ १७ सदस्य पदका लागि ३३ जनाले उम्मेदवारी दिएका थिए। विजयी उम्मेदवारमा सचिन ढकाल (आइएमई ग्रुप), हेमन्त गोल्छा (हुलास रेमिट्यान्स), अम्बिकाप्रसाद पौडेल (स्काई टच इन्भेस्टमेन्ट एन्ड कन्सल्टेन्ट), उज्ज्वलकुमार श्रेष्ठ (पञ्चकन्या कंक्रिट प्रिमिक्स) र शक्तिकुमार वेगानी (गणपति ज्वेलर्स नेपाल) छन्। ढकालले १३१८, गोल्छाले १२०२, पौडेलले ११८३, श्रेष्ठले ११५६ र वेगानीले ११४२ मत प्राप्त गरेका छन्।
यसैगरी एसोसिएटतर्फको सदस्यमा ऋषि अग्रवाल (यती पोलिकेम), सुशील थापा (साहस ऊर्जा), राजेशकुमार अग्रवाल(अर्घाखाँची सिमेन्ट), सुयस प्याकुरेल (एमएम पोलिमर्स), रामशरण भण्डारी (हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी) र बाबुकाजी कार्की (बूढानीलकण्ठ हेरिटेज) पनि विजयी भएका छन्। उनीहरुले क्रमशः ११२२, १०९४, १०८२, १०६९, १०४३ र १००६ मत प्राप्त गरेका छन्।
त्यस्तै दिवश न्यौपाने (सर्वोत्तम सिमेन्ट), कृष्णलाल महर्जन (क्लासिक डायमन्ड ज्वेलर्स), प्रियराज रेग्मी (क्रिष्टल कन्चनजंघा सेक्युरिटिज), ईश्वरबहादुर जीसी (एचडी इन्डस्ट्रिज), सुरज उप्रेती (एसआर फुड्स) र बटु लामिछाने (अर्विट इनर्जी) पनि सदस्यमा विजयी विजयी भएका छन्। न्यौपानेले ९९१ मत ल्याउँदा महर्जनले ९७४, रेग्मीले ९५४, जीसीले ९४९, उप्रेतीले ९०७ र लामिछानेले ८६० मत प्राप्त गरेका छन्।












