IME Life New
GBIME

कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको राहातका लागि ९ महिनामा दियो रु. ४० करोड

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कर्मचारी सञ्चय कोषले चालू आर्थिक वर्षको पहिलो ९ महिनाको अवधिमा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ४० करोड रुपैयाँ वितरण गरेको छ। कोषले यो अवधिमा कार्यक्रमबाट १९ हजारभन्दा बढी सञ्चयकर्ता र तिनको आश्रित परिवार लाभान्वित भएको जनाएको छ।

कोषले सबैभन्दा बढी रकम साधारण र घातक रोगको उपचारका लागि उपलब्ध गराएको छ। कोषका अनुसार स्वास्थ्योपचार सुविधाअन्तर्गत साधारण रोग उपचार खर्चबापत २ हजार ९५३ सञ्चयकर्तालाई १० करोड ८२ लाख रुपैयाँ सहयोग राशि वितरण गरिएको छ। यसैगरी घातक रोग उपचारका लागि १ हजार १३ सञ्चयकर्तालाई १४ करोड १० लाख रुपैयाँ उपलब्ध गराइएको छ।

Crest

यसैगरी सुत्केरी तथा शिशु स्याहार सुविधा अन्तर्गत १४ हजार ५६५ सञ्चयकर्ताले १० करोड ९२ लाख रुपैयाँ पाएका छन् ।

कोषले काजकिरिया अनुदानअन्तर्गत दुर्घटनामा वा कालगतीबाट निधन भएका ४२० जना सञ्चयकर्ताका परिवारजनलाई १ करोड ६८ लाख रुपैयाँ दिएको छ। दुर्घटना क्षतिपूर्तिअन्तर्गत १२५ सञ्चयकर्ताका आश्रित परिवारले २ करोड ४८ लाख रुपैयाँ पाएका छन् ।

कोषले गत आवको २०८०।८१ को तेस्रोे त्रैमाससम्ममा करिब २० हजार सञ्चयकर्तालाई कुल ४० करोड ४७ लाख रुपैयाँ वितरण गरेको थियो। उपचार खर्चबापत ४ हजार २८७ सञ्चयकर्ताले २५ करोड ५२ लाख रुपैयाँ पाएका छन् ।

यसैगरी सुत्केरी तथा शिशु स्याहारवापत १५ हजार १७ सञ्चयकर्तालाई ११ करोड २६ लाख रुपैयाँ वितरण गरेको थियो। काजकिरिया अनुदानवापत ५३४ आश्रित परिवारले २ करोड १३ लाख र दुर्घटना क्षतिपूर्तिअन्तर्गत ७८ सञ्चयकर्ताले १ करोड ५६ लाख रुपैयाँ पाएका थिए ।

अघिल्लो आव २०७९।८० को तेश्रो त्रैमाससम्ममा कोषले २९ करोड रुपैयाँभन्दा बढी रकम वितरण गरेको थियो। सुत्केरी तथा शिशु स्याहारका लागि १६ हजार १०५ जनालाई १२ करोड १ लाख रुपैयाँ, काजकिरिया अनुदानवापत ६७१ परिवारलाई २ करोड ६८ लाख रुपैयाँ र स्वास्थ्योपचार खर्चबापत १ हजार ७१९ सञ्चयकर्तालाई ११ करोड ३२ लाख रुपैयाँ वितरण गरेको थियो।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%

खुसी

22%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS