IME Life New

नाइमाका प्रतिनिधिमण्डल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबीच शिष्टाचार भेट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) का अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बधाई तथा शिष्टाचार भेट गरी अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विस्तृत नीतिगत एवं प्रणालीगत सुधारसम्बन्धी सुझावहरू प्रस्तुत गरेको छ। भेटका क्रममा नाइमाले स्थिर, पूर्वानुमानयोग्य र सरोकारवालाहरूसँगको परामर्शमा आधारित नीतिगत वातावरण आवश्यक रहेको उल्लेख गर्दै अटोमोबाइल क्षेत्रलाई विलासिता नभई आवश्यकताको रूपमा मान्यता दिनुपर्नेमा जोड दिएको छ।

साथै, समग्र कर भार घटाउने, कर संरचनालाई सरल र सन्तुलित बनाउने तथा सवारी साधन खरिदका लागि ८०५ सम्म कर्जा र २०५ डाउन पेमेन्ट रहने हायर पर्चेज व्यवस्था कायम गरी वित्तीय पहुँच सहज बनाउनुपर्ने माग पनि राखिएको छ।

Esewa
Crest

नाइमाले भन्सार जाँचपास सम्पन्न भइसकेपछि पनि लेखापरीक्षण तहमा फरक व्याख्याका आधारमा बेरुजु उठ्ने प्रवृत्तिले व्यावसायिक अनिश्चितता सिर्जना गरिरहेको उल्लेख गर्दै स्पष्ट, एकरूप र पारदर्शी प्रणाली आवश्यक रहेको बताएको छ।

नाइमाले भन्सार प्रक्रिया सहजीकरण, परीक्षण पूर्वाधार विकास, यातायात ऐनको पुनरावलोकन, डिजिटल प्रणाली एकीकरण, सडक सुरक्षा तथा प्रदूषण नियन्त्रण, ‘मेक इन नेपाल’ अन्तर्गत एसेम्बलिङ उद्योग प्रवर्द्धन तथा दीर्घकालीन नीतिगत स्थिरता सुनिश्चित गर्नुपर्ने विषयहरू पनि उठाएको छ।

विद्युतीय सवारी साधनका लागि स्पष्ट, स्थिर र प्रोत्साहनमुखी नीतिगत व्यवस्था सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। त्यसैगरी, हाइब्रिड सवारी साधनहरूको उचित वर्गीकरण गरी तिनको प्रविधिगत विशेषताअनुसार सन्तुलित र न्यायोचित नीतिगत व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नाइमा द्वारा प्रस्तुत सुझावहरू अत्यन्त सान्दर्भिक रहेको बताउँदै आयातकर्ता तथा उत्पादकहरूको एकीकृत मुद्दाहरू समेटेर प्रस्तुत गरेकोमा नाइमा को प्रशंसा गरे ।

साथै, मन्त्रालय र नाइमा बीच निरन्तर संवादको आवश्यकता रहेको उल्लेख गरे । उनले निजी क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख आधारस्तम्भ भएको औंल्याउँदै सरकार निजी क्षेत्रमैत्री वातावरण निर्माण गर्न सकारात्मक रहेको र समग्र कर प्रणालीलाई थप सन्तुलित तथा व्यवहारिक बनाउने दिशामा कार्य भइरहेको जानकारी दिए ।

प्रस्तुत सुझावहरूलाई आगामी नीति तथा कार्यक्रम तथा बजेटमा यथासम्भव समेट्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । यसै क्रममा नाइमा को प्रतिनिधिमण्डलले माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्साललाई पनि भेट गरी मोबिलिटी र अटोमोबाइल क्षेत्रका समसामयिक विषयहरूमा छलफल गरेको छ।

मन्त्रीले नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूले राष्ट्रिय राजस्व, रोजगारी सिर्जना तथा समग्र आर्थिक गतिविधिमा पुर्‍याउँदै आएको महत्वपूर्ण योगदानप्रति धन्यवाद व्यक्त गरे । साथै, आयातकर्ता तथा उत्पादकहरूले तिर्ने कर राजस्वको निश्चित प्रतिशत सम्बन्धित क्षेत्रको विकासमा पुनः लगानी गर्ने नीतिगत व्यवस्था गर्ने विषयमा सरकारले सकारात्मक पहल गरिरहेको जानकारी दिए । नाइमा द्वारा प्रस्तुत कार्यान्वयनयोग्य सुझावहरूलाई बिना ढिलाइ कार्यान्वयनतर्फ अघि बढाइने विषयमा उनले आश्वस्त पारे ।

नाइमा नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको एकीकृत प्रतिनिधित्व गर्ने संस्था हो, जसले नीति सुधार, उद्योग प्रवर्द्धन तथा दिगो गतिशीलताको क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएको छ। यस संस्थामा आबद्ध सदस्यहरूले राष्ट्रिय राजस्वमा उल्लेखनीय योगदान पुर्‍याउनुका साथै ठूलो मात्रामा रोजगारी सिर्जना गरेका छन् र आधुनिक, सुरक्षित तथा दिगो यातायात प्रणाली विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS