IME Life New

मुलुकको व्यापार घाटा रु. १६ खर्बमा माथि, आयात-निर्यातको कस्तो छ आँकडा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुलुकको व्यापार घाटा बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठसम्मको तथ्यांकबाट यस्तो देखिएको हो।

समीक्षा अवधिसम्म मुलुकको व्यापार घाटाको आकार १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०८१।८२ को जेठसम्म व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा व्यापार घाटा १५.६७ प्रतिशतले बढेको छ।

Esewa
Crest

यसैगरी चालु वर्षको जेठसम्म १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँबराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँबराबरको वस्तु आयात भएको थियो। अघिल्लो वर्षको तुलनामा वस्तु आयात १५.१६ प्रतिशतले बढेको छ।

जेठसम्म मुलुकबाट २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ। अघिल्लो वर्ष जेठसम्म २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको थियो। अघिल्लो वर्षको तुलनामा वस्तु निर्यात १२.२८ प्रतिशतले बढेको छ।

मुलुकको कुल वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढेर २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS