IME Life New

कुनै पनि पेट्रोल-डिजल एसयूभीमा कम्पनीले दिँदैनन् यो फिचर, अब स्कोर्पियोमा पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको अग्रणी सवारीसाधन निर्माता कम्पनी महिन्द्रा एन्ड महिन्द्राले आफ्नो सर्वाधिक बिक्री हुने क्ग्ख् महिन्द्रा स्कोर्पियो एनको नयाँ भेरियन्ट बजारमा ल्याएको छ। नयाँ स्कोर्पियो अब पहिलेभन्दा अझ सुरक्षित भएको छ।

कम्पनीले आफ्नो नयाँ टप–स्पेक भेरियन्ट ‘जेड८एल’ लन्च गरेको हो। जसमा एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस)को सुविधा प्रदान गरिएको छ। यो विशेष सुरक्षा फिचरले सुसज्जित यो नयाँ भेरियन्टको सुरुआती मूल्य भारु २१ लाख ३५ हजार रहेको छ।

Esewa
Crest

यसबाहेक महिन्द्राले स्कोर्पियो एनको लाइनअप विस्तार गर्दै नयाँ ‘जेड८टी’ भेरियन्ट पनि लन्च गरेको छ। जुन पहिले नै अवस्थित जेड८ र एडीएएसले सुसज्जित टप–स्पेक भेरियन्ट जेड८एलबीच अवस्थित हुनेछ। यस भेरियन्टमा एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टमको सुविधा प्रदान गरिएको छैन। धेरै अन्य स्मार्ट फिचरले सुसज्जित यस भेरियन्टको सुरुआती मूल्य भारु २० लाख २९ हजार निर्धारण गरिएको छ।

एडीएएस भएको नयाँ स्कोर्पियो एन जेड८एल भेरियन्ट ६–सिट र ७–सिट कन्फिगरेसनमा आउँछ। जुन जेड८एल भेरियन्ट (भारु २० लाख ८९ हजार–भारु २४ लाख ९५ हजार) भन्दा लगभग भारु ४६ हजार महँगो छ। तर यो नयाँ सेफ्टी फिचरको अगाडि यो मूल्य नाममात्र हो। किनभने यो सेफ्टी फिचर सुइटमा धेरै उत्कृष्ट फिचर समावेश छन्। जसले यसलाई अझ राम्रो बनाउँछ।

एडीएएस प्याकेजमा के उपलब्ध हुनेछ ?

  • फ्रन्ट कोलाइजन वार्निङ
  • अटोमेटिक इमरजेन्सी ब्रेकिङ
  • स्टप–एन्ड–गोका साथ एडप्टिभ क्रुज कन्ट्रोल
  • लेन डिपार्चर वार्निङ, लेन किप असिस्ट
  • ट्राफिक साइन रिकोग्नाइजेसन
  • हाई बिम असिस्ट
  • स्पिड लिमिट असिस्ट
  • फ्रन्ट भेहिकल स्टार्ट अलर्ट

यी विशेष फिचर कुनै पनि पेट्रोल–डिजेल एसयूभीमा उपलब्ध नरहेको कम्पनीको दाबी छ।

नयाँ स्कोर्पियो एनमा एडीएएस सेफ्टी थप्नु र नयाँ भेरियन्टहरु समावेश गर्नुबाहेक यसको इन्जिन संयन्त्रमा कुनै परिवर्तन गरिएको छैन। यसमा पहिले जस्तै २.०–लिटर टर्बो पेट्रोल इन्जिन र २.२–लिटर डिजेल इन्जिनको विकल्प छ। दुवै इन्जिनहरु ६–स्पिड म्यानुअल वा स्वचालित गियरबक्स अप्सनसँग आउँछन्।

थोरै साहसिक कार्य मन पराउनेहरुका लागि स्कोर्पियो एनको ४एक्पीएलओआर फोर–ह्विल–ड्राइभ सिस्टम टेरेन र लो–रेन्ज मोडहरुसँग पनि उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS