IME Life New

सम्बन्धित स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन ताकेता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन ताकेता गरेको छ।

मन्त्रालयले मंगलबार सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँगै मन्त्रालय, आयोग, सचिवाल तथा निकायलाई पत्राचार गर्दै यस्तो ताकेता गरेको हो। ‘गत भदौ ३१ गतेको पत्राचार गरी खटाइएका प्रमुख प्रशासकीय अधिकृत अझै पनि केही स्थानीय तहमा हाजिर नभएको पाइएको छ, जसका कारण नियमित कामकारबाहीमा असर परेको छ’, मन्त्रालयले भनेको छ, ‘प्राकृतिक विपत्तिका कारण सिर्जित अवस्थाको व्यवस्थापनमा समेत कठिनाइ भइरहेको स्थानीय तहबाटै गुनासा आइरहेका छन्।’

Esewa
Crest

अतः सम्बन्धित निकायहरुबाट सरुवा भएका वा कामकाजमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीलाई ७ दिनभित्र रमाना दिई सम्बन्धित स्थानीय तहमा पठाउन मन्त्रालयले ताकेता गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS